26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वडाध्यक्ष यादवकी आमाकाे निधन, नेता रिजालले दिए श्रद्धान्जली

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सुभाष यादवलाई मातृ शाेक परेकाे छ । वडाध्यक्ष यादवकी आमा शारदा देबीकाे निधन भएकाे हाे ।

साविक गाविस बिजबनियाका पूर्व अध्यक्ष स्व. शंकर प्रसाद यादवकाे श्रीमती समेत रहेकी वडाध्यक्ष  यादवकी आमाकाे शुक्रबार राती निधन भएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का  काेषाध्यक्ष विनय द्विवेदीले वताए । भारतकाे पटनास्थित एक अस्पतालमा उनकाे निधन भएकाे काेषाध्यक्ष द्विवेदीले जानकारी दिए ।

शनिबार विहान उनकाे शवलाई निजि निवास जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ३ विजबनियामा ल्याइएपछि अन्त्येष्टि गरिएकाे थियाे । अन्त्येष्टि गर्नु अघि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले उनकाे पार्थिव शरीरमाथि पार्टीकाे झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।

नेता रिजालसहित जगरनाथपुर गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त प्रसाद यादव, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमद, क्षेत्रिय कोषाध्यक्ष बिनय भूषण दुबेदी लगायत सयाैंकाे संख्यामा स्थानियहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.952 sec. Memory consumption:81.48 mb