26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

स्व. वि.पी.काे स्मृति दिवसकाे अवसरमा जगरनाथपुरमा वृक्षाराेपण

वीरगंज । नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक स्व. वि.पी. कोइरालाकाे ४० औं स्मृति दिवसकाे अवसरमा शनिबार जगरनाथपुर गाउँपालिकामा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रमकाे उद्घाटन वृक्षाराेपण गरेर नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गरेका थिए ।

नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिकाका सभापति बिहारी महतो नुनियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन चाैहान, क्षेत्र नं. ४ का सभापति एवम् जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, कांग्रेस पर्साका काेषाध्यक्ष प्रेम थापा, युवा नेता राकेश यादव, नेतृ किरण सरकार, पर्सा क्षेत्र नं. ४ का कोषाध्यक्ष बिनय द्विवेदी, प्रदेश सभा क्षेत्रिय सचिव इमरान मियाँ लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिष्टर अहमदले गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.975 sec. Memory consumption:81.48 mb