30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गापाकाे ७ औं गाउँ सभा सम्पन्न, शिक्षालाई विशेष प्राथमिकता

४९ कराेड ३२ लाख बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ७ औं गाउँ सभा शुक्रबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षमा सम्पन्न गाउँ सभाले अगामी आर्थिक बर्ष २०७९/०८० काे ४९ कराेड ३२ लाख बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।

जसमा  शिक्षा तर्फ ११ कराेड २४ लाख, स्वास्थ्य तर्फ २ कराेड २८ लाख, कृषि तर्फ १ कराेड २६ लाख, समाजिक विकास तर्फ दुई कराेड ४१ लाख, पूर्वधार विकास तर्फ १५ कराेड २३ लाख, समाजिक सूरक्षा तर्फ ८ कराेड र चालु तर्फ ९ कराेड बजेट विनियाेजन गरिएकाे गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंहले जानकारी गराइन ।

गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताए ।

उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”

अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए ।

उनले बिजबनिया र औंराहमा बर्थिङ सेन्टर संचालन गरिने, प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए ।

उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए ।

गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे गाउँ सभाकाे नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले उद्घाट गरेका थिए ।

गाउँ सभा उद्घाटन सत्रमा नेपाली कांग्रेस पर्साका उप सभापति रानारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, काेषाध्यक्ष प्रेम थापा, क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद कुर्मी लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन गाउँपालिका स्वास्थ्य संयाेजक प्रबेन्द्र साहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:4.717 sec. Memory consumption:81.48 mb