30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरका अध्यक्ष यादवले मागे गाउँबासीसंग राय, सुझाव

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गाउँबासीसंग राय सुझाव मागेका छन् । अध्यक्ष यादवले मंगलबार एक सूचना जारी गर्दै आर्थिक बर्ष २०७९/०८० काे निति, कार्यक्रम तथा बजेट तजुर्माकाे लागि राय सुझाव मागेका हुन् ।

अध्यक्ष यादवद्वारा राय सुझाव पेश गर्ने सम्बन्धि सार्वजनिक सूचनामा गाउँवासीकाे महत्वपूर्ण राय, सुझाव, गाउँपालिकाकाे कार्यालयमा माैखिक र लिखित रुपमा उपलब्ध गरईिदन हुन सम्बन्धित सबै सराेकारवाला (शिक्षाप्रेमी, बुद्धीजिवी, समाजसेवी, विकासप्रेमी, युवा, किसान) मा अनुराेध गरिएकाे छ ।

जारी सूचना अनुसार गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरकाे सूचना प्राविधिक शाखामा अथवा गाउँपालिकाकाे इमेल jagarnathpurrm@gmail.com मा पठाउनु पर्ने छ । गाउँ सभा अघावै गाउँबासीसंग गाउँपालिका अध्यक्ष यादवले राय, सुझाव माग्नु राम्राे कार्य भएकाे स्थानियहरुले वताउँदै प्रशंसा समेत गरेका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.452 sec. Memory consumption:81.46 mb