30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गापा अध्यक्ष यादवद्वारा शिक्षा सुधार अभियानलाई निरन्तरता

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षा सुधार अभियानलाई निरन्तरता दिएका छन् ।गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीमा शनिबार अभिभावक भेला गर्दै अध्यक्ष यादवले विद्यालयकाे समस्या र समाधान बारे छलफल गरेका हुन् ।

भेलामा सहभागि अभिभावहरुले विद्यालयमा शिक्षक अभाव, दिवा खाजा संचालन नभएकाे,  प्लस २ का शिक्षकहरुले तलब नपाए लगायतकाे गुनासाे गरेका थिए ।  

त्यसपछि भेलालाई सम्बाेधन गर्दै अध्यक्ष यादवले शिक्षक अभावकाे समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले लामाे समयदेखि विद्यालयमा रहेकाे शिक्षक अभावकाे समस्या चाँडै समाधान गर्ने वताए । उनले भने “हामी गाउँपालिकाबाट शिक्षक न्युक्ति गरेर भए पनि शिक्षक अभावकाे समस्या चाँडै नै समाधार गर्छाैं । काेई कसैले शिक्षक न्युक्ति गराईदिने भन्दै पैसा मागेपछि नदिनु हाेला, जाे याेग्य हुन्छ त्यसकाे मात्र हुन्छ ।”   

साथै  दिवा खाजा अर्काे हप्ताबाट संचालन हुने र प्लस २ का शिक्षकहरुले पनि पारिश्रमिक उपलब्ध गराउने अध्यक्ष यादवले वताए ।यसअघि बिहिबार मात्र श्री ने.रा.मा. जगरनाथपुरको निरिक्षण गर्दै अध्यक्ष यादवले स्थगित रहेको ९ र १० काे कक्षा संचालन गर्ने निर्देशन दिएका थिए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.224 sec. Memory consumption:81.47 mb