30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बन्द रहेकाे कक्षा संचालन गर्न अध्यक्ष यादवकाे निर्देशन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले स्थगित रहेको कक्षा ९ र १० को पठनपाठन तत्कालन सुचारु गर्न निर्देशन दिएका छन् ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले कक्षा सञ्चालन नभएको भन्दै अध्यक्ष यादवलाई गुनासो गरेपछि बिहिबार अनुगमनमा गर्दै कक्षा संचालन गर्न निर्देशन दिएका हुन् । गाउँपालिका अध्यक्ष यादवले बिहीबार विहान विद्यालयको अनुगमत तथा निरीक्षण गरि समस्या बारे जानकारी लिएका थिए ।

साेही क्रममा विद्यालयका प्रधानाध्यापक चन्देश्वर यादवलाई भवन मर्मत तथा कक्षा ९ र १० संचालन गर्न निर्देशन दिए ।

उक्त विद्यालयमा कक्षा १० मा ६० जना विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये २० जनाको भर्ना गरिएको छैन् । कक्षा १० को अनुमति नभएकाले कक्षा पठनपाठन अवरुद्ध भएको थियो । अध्यक्ष यादवले पठनपाठन सुचारु गर्न निर्देशन दिदै अगामि आर्थिक वर्षमा कक्षा १० को अनुमति दिलाउने प्रतिवद्धता दिएका थिए ।

शुक्रबारदेखी नै अवरद्ध रहेका कक्षामा पठनपाठन सुचारु हुने विद्यालय प्रशासनले जनाएको छ । निर्वाचित भएदेखि नै अध्यक्ष यादव शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेतिथी अन्त्यका लागि लागि परेको स्थानीयले बताएका छन् ।

विद्यालय अनुगमनमा अध्यक्ष यादवसंगै वडाध्यक्ष सुबाष यादव, कांग्रेसका महाधिवेशन प्रतिनिधि रामदेव चाैहान, क्षेत्रिय काेषाध्यक्ष विनय भुषण द्विवेदी, नेता दिपेन्द्र चाैहान लागयतकाे सहभागिता रहेकाे थियाे ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.983 sec. Memory consumption:81.46 mb