30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एक मतले विजयी वडाध्यक्ष कुर्मीसंग काम कार्यवाही नगर्नु, नगराउनु अदालतकाे आदेश

मतगणना बदर गरी पुन: मतगणना गरी पाउँ माग

वीरगंज । एक मतले विजयी भएका पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अयाेध्या प्रसाद कुर्मीलाई वडाध्यक्षकाे हैसियतले कुनै पनि काम कार्यवाही नगर्नु, नगराउनु उच्च अदालतले अन्तरकालिन आदेश दिएकाे छ ।

अयाेध्याबाट एक मतले वडाध्यक्षमा पराजित भएका लक्षमण प्रसाद कुर्मीले दिएकाे मतगणना बदर गरी पुन: मतगणना गरी पाउँ मुद्दामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजकाे इजलास नं. ४ का न्यायाधिश सीताराम मण्डलकाे एकल इजलाशले जेठ २० गते पेशी समेत ताेकी यस्ताे आदेश दिएकाे हाे ।

निर्वाचन आयाेग, जिल्ला निर्वाचन कार्यालय पर्सा समेतका विपक्षीहरुसंग अदालतले यसमा के कसाे भएकाे हाे ? निवेदककाे निवेदन माग बमाेजिमकाे आदेश किन जारी हुनु नपर्ने हाे ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए खुलाई लिखित जवाफ समेत मागेकाे छ ।

यसका साथै जगरनाथपुर गाउँपालिका वडा नं. ६ काे मतगणना सम्बन्धि आवश्यक कागजात लिई जेठ २० गते हुने छलफलमा विपक्षीहरुलाई उपस्थित हुन अदालतले आदेश समेत दिएकाे छ ।  

नेपाली कांग्रेसका उम्मेदवार लक्षमणलाई एक मतले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका अयाेध्या विजयी भएका थिए । अयाेध्याले ९०४ मत पाउँदा उनकाे निकटतम् प्रतिस्पर्धी लक्षमणले ९०३ मत पाएका थिए ।

यसैगरी पर्साका बिन्दबासिनी गाउँपालिकाकाे वडा नं. ३ काे वडाध्यक्षमा पनि एक मतले कांग्रेसका उम्मेदवार जय प्रकाश चाैरसियाले विजयी भएका थिए । ११८५ मत ल्याएर वडाध्यक्षमा विजयी भएका चाैरसियाका निकटतम् प्रतिस्पर्धी एमालेका हनिफ मियाँले ११८४ मत पाएका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:3.849 sec. Memory consumption:81.46 mb