30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बहुदरमाईपछि जगरनाथपुरका अध्यक्ष मियाँले पनि फिर्ता गरे गाडी

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष मियाँले प्रयाेग गर्दै आएकाे बा २ झ ४२४४ नम्बरकाे हायलक्स गाडी फिर्ता गरेका हुन् ।

मंगलबार विहान मियाँले गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत एवम् जिन्सी शाखा प्रमुख उत्तम सिंहलाई गाडीकाे सांचाे हस्तान्तरण गरेका हुन् ।

आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे अध्यक्ष मियाँले वताए ।

यस अघि साेमबार बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका थिए । साहले प्रयोग गर्दै आएको ना. १ झा १६६१ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन् । 

सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए । 

आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने साह पर्सा जिल्लाका पहिलो जनप्रतिनिधि हुन् । उनि पछि दाेस्राे नम्बरमा जगरनाथपुर गाउँपालिका अध्यक्ष मियाँले गाडी फिर्ता गरेका हुन् ।

तर अझै पनि जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुखिले प्रयाेग गर्दै आएकाे पालिकाकाे गाडी बुझाउन बाकी रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:217. Generation time:5.410 sec. Memory consumption:81.4 mb