30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा बैशाख ७ देखी टाईफाइड विरुद्धकाे खाेप संचालन हुने

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा टाईफाइड राेग विरुद्धकाे खाेप बैशाख ७ गतेदेखी १२ गते सम्म संचालन हुने भएकाे छ । राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत १५ महिनादेखी १५ बर्ष सम्मका सम्पूर्ण बालकालिकालाई टाईफाड विरुद्धकाे खाेप दिइने जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रबेन्द्र साहले वताए ।

गाउँपालिकाकाे स्वास्थ्य शाखाले शुक्रबार आयाेजना गरेकाे टाईफाइड राेग विरुद्धकाे नियमित खाेपमा टाईफाइड खाेप सुरुवात सम्बन्धि संचारकर्मीलाई अभिमुखिकरण कार्यक्रममा खाेपकाे बारेमा जानकारी गराउँदै स्वास्थ्य संयाेजक साहले गाउँपालिकामा रहेका साे उमेर समुहका १३ हजार ८ सय ९३ जनालाई खाेज प्रदान गरिने वताए ।

उनका अनुसार जसमा ७ हजार एक सय ३२ बिद्यालय भित्र र ६ हजार ७ सय ६१ विद्यालय बाहिर रहेका छन् । खाेपकाे पहिलाे प्राथमिकता विद्यालय र दाेस्राे प्राथमिकता समुदाय रहेकाे छ । ५ दिने खाेप अभियानमा छुटेकाहरुलाई अन्तिम दिन बैशाख १२ स्वास्थ्य संस्थामा समेटिने छ ।

गाउँपालिका अन्तर्गतकाे ६ वडामा ४८ खाेप केन्द्रमा ५६ जना महिला स्वास्थ्य स्वयम् सेविका परिचालन गरिएकाे स्वास्थ्य संयाेजक साहले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा वाेल्दै गाउँपालिका अध्यक्ष जालिम मियाँले अनियवार्य रुपमा खाेप लिन सबैलाई आग्रह गरे । उनले टाईफाइडबाट बच्न खाेप अनियवार्य रहेकाे वताउँदै खाेप अभियानकाे समय अवधिमा सम्बन्धित खाेप केन्द्रमा गई अनिवार्य रुपमा खाेप लिनु पर्ने वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:3.793 sec. Memory consumption:81.46 mb