30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गाउँपालिकामा विद्यार्थीहरुद्वारा ताेडफाेड

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका कार्यालयमा बुधबार विद्यार्थीहरुले ताेडफाेड गरेका छन् । श्री ने.रा.मा.वि. मसियानीका आन्दाेलनरत विद्यार्थीहरुले गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा ताेडफाेड गरेका हुन् ।

आक्राेशित विद्यार्थीहरुले गरेकाे ढुंगामुडाले गाउँ कार्यापालिका कार्यालयकाे डिजिटल बाेर्ड, झ्यालकाे सिसा र गमलाहरु फुटेका छन् । 

विषयगत शिक्षककाे माग गर्दै आन्दाेलित विद्यार्थीहरु बुधाबार गाउँ कार्यपालिकाकाे कार्यालय पुगेका थिए । गाउँ कार्यपालिका कार्यालय अगाडी शिक्षककाे माग गर्दै प्रदर्शन गर्ने क्रममा गाउँपालिका अध्यक्ष जालिम मियाँले प्रहरी लगाएर कुटपिट समेत गराएकाे विद्यार्थीहरुले आराेप लगाएका छन् । विद्यालयमा लामाे समयदेखि शिक्षक अभाव रहेकाे र अनियमित तरिकाले पढाई हुँदै आएकाे आन्दाेलित विद्यार्थीहरुकाे भनाई छ ।

प्रदर्शनकाे क्रममा अर्जुन गुप्ता, महेश तेली, आलम मियाँ, राज पटेल लगायतका विद्यार्थीहरु घाइते समेत भएकाे वताइएकाे छ । 

प्रदर्शनमा उत्रेका एक दर्जन विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे थियाे । प्रहरी नियन्त्रणमा रहेका विद्यार्थीहरुलाई छुटाउन इलाका प्रहरी कार्यालय पाेखरिया पुगेका नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादव र गाउँपालिका अध्यक्ष जालिम मियाँ बिच विवाद समेत भएकाे थियाे ।

सुरुमा इलाका प्रहरी कार्यालयमा कांग्रेसका क्षेत्रिय सभापति यादव पुगेका थिए । पछि गाउँपालिका अध्यक्ष मियाँ पुगेपछि दुबै जना बिच भनभन सुरु भएकाे थियाे । भनाभन कै क्रममा हात हलाहालकाे अवस्था समेत पुगेकाे थियाे ।

यता गाउँ कार्यपालिका कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै केही विद्यार्थीहरुकाे समुहले मंगलबार श्री नेरा मावि मसियानी र बुधबार विहान ११:३० बजे तिर वडा नं. ५ काे कार्यालय, दिउसाे १२ बजे तिर श्री बाल बिकासकाे मधुवाहा तथा गाउँ कार्यापालिका कार्यालयकाे सार्वजनिक सम्पति ताेडफाेड गरेकाे जनाएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, शिक्षा प्रमुख नरेश महताे, याेजना प्रमुख दिपेन्द्र दास, प्राविधिक प्रमुख ई. सदाम हुसैन, सामाजिक विकास प्रमुख मजमुल्ला अहमद, प्रशासन प्रमुख अशाेक सिंह, जिन्सी प्रमुख उत्तम क्षेत्रीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक सम्पतीकाे ताेडफाेड गर्ने गराउने जाे काेहीलाई कानुन बमाेजिम निष्पक्ष छानविन गरी दाेषीलाई कारवाही गर्न माग गरेका छन् ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:220. Generation time:2.876 sec. Memory consumption:81.8 mb