30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गापाद्वारा मृतक कर्मचारीका परिवारलाई २४ लाख क्षतिपूर्ति

वीरगंज । काेराेना संक्रमणबाट मृत्यु भएकाे एक कर्मचारीलाई पर्साकाे जगरनाथपुर गाउँपालिकाले आर्थिक सहयाेग गरेकाे छ । काेराेना संक्रमणबाट मृत्यु भएका गाउँपालिकाका तत्कालिन स्वास्थ्य शाखा प्रमुख रामसकिल साहकाे परिवारलाई गाउँपालिकाले रु २४ लाख सहयाेग गरेकाे हाे ।

सहयाेग रकमकाे चेक एक कार्यक्रमकाे बिच आइतबार पिडित परिवारलाई गाउँपालिकाले हस्तान्तरण गरेकाे छ । गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे कार्यक्रममा मृतक रामसकिलका जेठाे छाेरा अंशु कुमार साहलाई गाउँपालिका अध्यक्ष जालिम मियाँले रु २४ लाखकाे चेक हस्तान्तरण गरेका थिए ।

महाेतरीकाे मन्दरा सिसवा नगरपालिका वडा नं. ७ घर भएका रामसकिलकाे गत बर्ष काेराेना संक्रमणले मृत्यु भएकाे थियाे । काेराे संक्रमणबाट मृत्यु भएका कर्मचारीकाे क्षतिपूर्ति वापत नेपाल सरकारले पठाएकाे रकम गाउँपालिकाले हस्तान्तरण गरेकाे हाे ।

चेक हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, नेकपा एमालेका नेता माेसालिम मियाँ, जनता समाजवादी पार्टीका नेता सरिफ गद्दी, वडाध्यक्षहरु मंगरु राउत गद्दी, नगिना राउत अहिर, प्रभुनाथ प्रसाद नुनिया, गाउँपालिकाका लेखापाल संजय पटेल, याेजना शाखा प्रमुख दिपेन्द्र दास थारु, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साह, शिक्षा शाखा प्रमुख नरेश महताे काेइरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस अघि पनि गाउँपालिकाले मृतक कर्मचारीका परिवारलाई एक लाख सहयाेग गरेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.858 sec. Memory consumption:81.47 mb