30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

काेभिड १९ प्रतिकार्य तथा पूर्व तयारी परियाेजना संचालन

वीरगंज । वीरगंज महानगरपालिकामा काेभिड १९ प्रतिकार्य तथा पूर्व तयारी परियाेजना संचालनमा आएकाे छ । युएन, आइओएमकाे आर्थिक सहयाेग तथा सेभ द चिल्ड्रेन र आसमान नेपालकाे आयाेजनामा संचालमा परियाेजनाकाे आइतबार समन्व बैठक सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे काेभिड नियन्त्रण कार्यदलका संयाेजक एवम् नगर प्रमुख विजय कुमार सरावगीकाे अध्यक्षतामा सम्पन्न  बैठकमा काेभिड १९ विरुद्ध द्रुत प्रतिकार्य र पूर्व तयारीकाे लागि आइसाेलेसन केन्द्र र सिमा नाकाकाे सवलिकरण मार्फत प्रभावकारी घटना व्यवस्थापन परियाेजनाकाे बारेमा अभिमुखिकरण साथै काेभिड संक्रमण नियन्त्रणकाे लागि भएकाे तयारी, प्रयास र चुनाैनिकाे बारेमा छलफल भएकाे थियाे ।

वीरगंज महानगरपालिकाकाे भएकाे बैठकले नाकामा आवतजावत गर्ने यात्रुकाे पानी आपुर्ती, स्वास्थ्य तथा सरसफाई सुदृढिकरणका लागि साथै दुध खुवाउने तथा आराम गर्ने सुरक्षित ठाउँका लागि आवश्यक आधारभुत संरचना निर्माण र भएका संरचाना प्रयाेग तथा संचालन गर्ने र इ कार्यका लागि महानगरपालिकाले जग्गा, सामग्रीहरु उपलब्ध गराउने र नपुग सामग्री र भाैतिक संरचनाकाे लागि प्रक्रियामा समन्वय र सहजिकरण गर्ने निर्णय समेत गरेकाे छ । 

बैठक मै वीरगंज महानगरपालिका भित्र रहेकाे आइसाेलेसन तथा हेल्प डेस्कका लागि र काेभिड प्रतिकार्य तथा पूर्व तयारीका लागि स्वास्थ्य तथा सरसफाई सामग्री समेत हस्तान्तरण गरिएकाे आसमान नेपालका परियाेजना संयाेजक हरेराम ठाकुरले जानकारी दिए ।

बैठकमा आसमान नेपाल अध्यक्ष हरिशचन्द्र यादव, आइओएम नेपालका उमा नेपाल, सेभ द चिल्ड्रेनका संजिव शाक्य, प्रज्वल खतिवडा, इनार्वा हेल्थ डेस्कका डा. अनिशा महताे, वडाध्यक्ष ब्रहमदेव प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाका स्वास्थ्य संयाेजक रितेश जयसवाल, काेभिड व्यवस्थापन संयाेजक सुमन साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:217. Generation time:6.432 sec. Memory consumption:81.47 mb