30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नु भएको सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने छ । राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनका लागि सर्वदलीय बैठक अघि सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालमा दुर्गा पौडेल सहभागी हुनेछन् ।

संसद् लामोसमयदेखि अवरोध हुँदा दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ । तर, प्रतिपक्षी दल एमालेले बैठकमा नजाने बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.084 sec. Memory consumption:81.46 mb