30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

माओबादी केन्द्र पर्साकाे दाेस्राे बैठक सम्पन्न, २७ जनालाई कारवाही गर्ने निर्णय

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) पर्सा ज़िल्ला कमिटीको दोश्रो बैठक बुधबार सम्पन्न भएको छ ।
 
ज़िल्ला अध्यक्ष बिजय महतोको अध्यक्षतामा बसेकाे बैठकले विभिन्न निर्णयहरु गरेकाे छ । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा पूर्ब मन्त्रि उर्मिला आर्यालले पार्टीको केन्द्रीय परिपत्र पढेर बाचन गरेकी थिइन ।
 
उनले श्रावण २८ गते भित्र पर्सा ज़िल्ला अन्तर्गतको सबै वडा कमिटी, टोल कमिटीहरूलाई गठन तथा पुन:गठन गर्न निर्देशन दिइन ।
 
बैठकले क्षेत्र नम्बर १ कमाण्डरमा रामदरश कसवाहा, क्षेत्र नं. २ को बाबूराम कौशिक, क्षेत्र नं. ३ को छोट्टेलाल यादव, बालेश्वर थारु, रामबाबु बैठालाई ज़िम्मेवरि दिएको छ भने क्षेत्र नम्बर ४ को समायोजन गर्ने ज़िम्मा जिल्ला अध्यक्ष बिजय महतो र बिरगंज महानगरपालिकाको ज़िम्मा रहबर अंसारीलाई दिएकाे छ ।
 
साथै नेकपा माओबादी केन्द्र पर्सा ज़िल्ला सचिवको बेवस्था नभए सम्माको लागी कार्यक्रम संचाल गर्ने ज़िम्मा ज़िल्ला कमिटी सदस्य प्रभाकर गुप्तालाई दिने बैठकले निर्णय गरेकाे छ ।
 
यस्तै बैठकले छिपहरमाई गाउँपालिका अध्यक्ष तथा ज़िल्ला कमिटी सदस्य मनोज गुप्ता लगायत २७ जानालाई बैठकले कारवाही गर्ने निर्णय गरेकाे जिल्ला कमिटी सदस्य प्रभाकर गुप्ताले जानकारी दिए ।
 
बैठकमा प्रदेश कमिटी सदस्य छोट्टेलाल यादव, रामदरश कुशवाहा, बाबुराम कौशिक, बालेश्वर थारु, प्रदेश सभा सदस्य पस्मिना क़ादरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष ज़ालिम मियाँ लगायतको उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:209. Generation time:3.917 sec. Memory consumption:81.26 mb