30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बिना परिक्षण औषधी चलाउने स्वास्थ्यकर्मीलाई कारबाही हुने

वीरगंज । पर्सामा बिरामीको चेकजाँच नगरी अनावश्यक औषधी चलाउने स्वास्थ्यकर्मीलाई कारवाही गरिने भएको छ । जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीको अध्यक्षतामा पर्साका विभिन्न पालिकाका प्रमुख र प्रतिनिधि, राजनीतिक दलका प्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको बैठकले यस्तो निर्णय भएको हो ।

यस्तै, बैठकले महामारी र निषेधाज्ञाको बहानामा बिरामीको अनावश्यक चेकजाँच गरी थुप्रै औषधी दिएर ठगी गर्ने स्वास्थ्यकर्मीलाई पनि कारवाही गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति पर्साको सभा हलमा बसेको बैठकले मेडिकलमा जाने बिरामीको ज्वरो, बिपि, अक्सिजन परीक्षण गरी अभिलेख राखेर सम्बन्धित स्थानीय तहको नजिकैको स्वास्थ्य संस्थालाई उपलब्ध गराउनु पर्ने निर्णय भएको जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले जानकारी दिए ।

यस्तै, बैठकले सामान्य ज्वरो तथा खोकी लाग्दा बिना परिक्षण औषधी नदिन पनि स्वास्थ्यकर्मीलाई अनुरोध गरेको छ । मेडिकलहरुले रगतको परीक्षण नगरी टाइफाइड भएको भन्दै एन्टीबायोटिक औषधी दिँदा बिरामीको शरीरमा रियाक्सन भई थप समस्या निम्तिने भएकाले यस्तो निर्णय लिइएको सभापति अन्सारीले बताए । बैठकले सम्पूर्ण स्थानीय तहहरुले स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गर्न र गराउने निर्णय गरेको छ । यस्तै, कोरोनको चेक बे्रक गर्न सम्पूर्ण स्थानीय तहरुले एन्टिजेन परिक्षण, केस इन्भिेष्टिगेसन र कन्ट्याक्ट टेसिगं व्यापक गर्नुपर्ने निर्णय भएको जिसस पर्साका सभापति अन्सारीले जानकारी दिए । यी सबैको कुराको अनुगमन गर्न जिससको नेतृत्वकोे टोली आइतबारदेखि हरेक स्थानीय तहमा जाने सभापति अन्सारीले बताए ।

बैठकमा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जैसवाल, धोविनी गाउँपालिकाका अध्यक्ष सुरेश कुर्मी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख टीका प्रसाद पोखरेल, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. उदयनारायण सिंह, नेपाली कांंग्रेस पर्साका सभापति अजय दुवेदी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.785 sec. Memory consumption:81.48 mb