21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

इप्रका पाेखरियाद्वारा एकै दिन १५ जना फरार प्रतिवादी पक्राउ

apo pokhariya_kalikatimes
इलका प्रहरी कार्यालय पाेखरिया । फाइल तस्बिर

पर्सा । इलाका प्रहरी कार्यालय पाेखरियाले एकै दिन १४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेकाे छ । अदालतको विभिन्न मितिको फैसला आदेशले कैद तथा जरिवाना ठहर भई फरार रहेका १४ जना फरार प्रतिवादीहरूलाई आइतबार पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

कुटपिट मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका वडा नं. ७ का अनरुद महताे काेइरी, कालिकामाई गाउँपालिका वडा नं. २ का सुरेश प्रसाद चाैरसिया, राजिव कुमार चाैरसिया, ईश्वर प्रसाद चाैरसिया, बिरेश प्रसाद चाैरसिया, पाेखरिया नगरपालिका वडा नं. २ का नकुल राउत कुर्मी, भिम राउत कुर्मी, अर्जुण राउत, सत्यनारायण पासवान, पारस साह कानु, भिखारी ठाकुरलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

यस्तै सवारी ज्यान मुद्दाका फरार प्रतिवादी छिपहरमाई गाउँपालिका वडा नं. ४ निवासी अमिरका महताे केवट, वन मुद्दाका कालिकामाई गाउँपालिका वडा नं. १ का रामबिश्वास महताे चाई, बहुदरमाई वडा नं. ३ ईनुस देवान, कुटपिट तथा लुटपिट मुद्दाका बहुदरमाई नगरपालिका वडा नं. ७ का सुरेश महताे काेइरीलाई एकै दिन पक्राउ गरिएकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

पक्राउ परेकाहरुलाई आइतबार नै पर्सा जिल्ला अदालत वीरगंज पर्सामा बुझाएको प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । फरार अभियुक्त्तलाई पक्राउ गर्ने बिशेष अभियान अन्तर्गत सबै जनालाई एकै दिन पक्राउ गरिएकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.587 sec. Memory consumption:81.45 mb