21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

फेन्सी ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल सम्पन्न

royal acdemy_kalikatimes

वीरगञ्ज । वीरगञ्ज पाठशालाको आयोजनामा आज फेन्सी ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल सम्पन्न भएको छ । वीरगञ्ज पाठशालाको परिसरमा सम्पन्न प्रतियोगिताले विद्यार्थीहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकासमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।

प्रतियोगितामा रोयल एकेडेमीका अध्यक्ष तथा निर्देशक ओमप्रकाश श्रेष्ठ र सञ्चारकर्मी तथा स्थानिय कलाकार सुर्य नारायण बिकले निर्णायकको भुमिका निर्वाह गरेका थिए । फेन्सि ड्रेस कम्पिटिशन तथा पाठशाला आइडलमा बिजयी विद्यार्थिहरुलाई अतिथिहरुले पुरस्कार बितरण गरेका थिए । सो अवसरमा बिभिन्न सांस्कृतिक प्रस्तुती समेत विद्यार्थिहरुले प्रस्तुत गरेका थिए ।

पाठशालाकी प्रिन्सिपल बिजया ओझैयाको सभापतित्वमा भएको प्रतियोगितामा पाठशालाका अध्यक्ष सन्दिप रौनियार, पाठशालाका सल्लाहकार एवम् ग्लोबल बिजनेश कलेजका निर्देशक तथा प्रिन्सिपल श्रीराम दास, बालअधिकारकर्मी ज्योति शाह, लगायत अभिभावक तथा स्थानिय बासिको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमको समापन गर्दै पाठशालाकी प्रिन्सिपल ओझैयाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै कार्यक्रमलाई सफल बनाइदिएकोमा अतिथि, शिक्षक, शिक्षिका, अभिभावक एवम् सम्पुर्ण सहयोगी हातहरुलाई आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.349 sec. Memory consumption:81.42 mb