21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

हिमाल बचतकाे १२ औं बार्षिक साधारण सभा सम्पन्न

himal bachat2_kalikatimes

वीरगन्ज । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारा सहित संचालित श्री हिमाल बचत तथा ऋण सहकारी सँस्था वीरगंजको १२ औं बार्षिक साधारण सभा साेमबार सम्पन्न भएको छ ।

वीरगंज स्थित भिस्वा होटलमा आयोजित साधारणसभालाई सभाका प्रमुख अतिथि नेशनल मेडिकल कलेजका चेयरमैन जैनुद्दिन अन्सारीले पानसमा दीप प्रज्वलित गरि उद्घाटन गरेका थिए ।

सहकारी सँस्थाका अध्यक्ष डा. सधिया यासमीनको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाल प्राइभेट मेडिकल कलेज एशोसिएशनका अध्यक्ष बसरुद्दिन अन्सारी, राष्ट्रिय सहकारी बोर्डका संचालक समितिका सदस्य शम्भु प्रसाद गुप्ता, नेफस्कुन प्रदेश २ का इन्चार्ज हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिस्नु बराल लगायतकाले शुभकामा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनियुक्त्त सहकारी बोर्डका संचालक समिति सदस्य गुप्ता र नेफस्कुन प्रदेश २ का इन्चार्ज पटेललाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

कालिका टाईम्स

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.365 sec. Memory consumption:81.56 mb