Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनी बजारमा आयाेजित साधारण सभाकाे प्रसाैनी गाउँपालिकाका अध्यक्ष विनाेद प्रसाद जैसवालले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष जैसवालले महिलाहरुको सक्रिय सहभागीताले यो सहकारीले धेरै उपलब्धि गरेको बताए । उनले समाजमा महिलाहरुको समूह सक्रिय भएको खण्डमा आर्थिक उन्नति प्रगतिमा अगाडि बढाउन ठूलो मद्दत पुग्ने जसले घर खर्च देखि बचत गर्ने परिपाटीको विकास हुने र अनावश्यक खर्च कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्न आग्रह समेत गरे ।

 साथै उनले मधेस प्रदेश कृषिमा आधारित भएकोले यसको उन्नति र विकास कसरी गर्ने र गरिबी अन्त गर्ने भन्ने बारेमा यो साना किसान सहकारी संस्थाले काम गरुन् भनेर सुझाव दिए । अध्यक्ष जैसवालले कुनै पनि संस्थामा राजनीतिकरण गर्न नहुने यद्यपि राजनीतिक भएको खण्डमा संस्था उकालो होइन ओरालो तिर जाने भएकोले संस्थागत विकासको लागि ध्यान दिन संचालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरुलाई आग्रह पनि गरे ।

उनले यस संस्थाको विकास र उन्नतिका लागि आफू र आफ्नो सम्पूर्ण टीम गाउँपालिकाबाट सक्दो सहयोग गर्न तयार रहेको बताए । वि.स. २०७५ सालबाट ३५ जनाको समूहले रु ५ लाख लगानी गरेर स्थापना गरेको संस्थाले अहिले ६१८ जना शेयर सदस्य रहेको र खुद मुनाफा रु १२ लाख ८३ हजार र १०५ शेयर बोनस दिने काम गरेको संस्थाका प्रबन्धक निर्देशक विकास यादवले बताए ।

संस्थाले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीगरी १८ जना महिलाहरुलाई सम्मान समेत गरेकाे छ । संस्थाले अहिले आफ्नो सदस्यहरुमा रु ५ करोड ५४ लाख लगानी गरेको छ भने बाहिरी ऋण २ करोड २७ लाख लिएको प्रबन्धक यादवले बताए ।

साधारणसभामा प्रहरी निरिक्षक सुरेशराज भट्ट, संस्थाका उपाध्यक्ष किरण साह, वडा नम्बर १ का वडाध्यक्ष लालबाबु मुखिया, पुष्प खतिवडा, कबिता कुमारी, शम्भु राज सहनी, कार्यालय सहयोगी प्रमोद राम लगायतले आ, आफ्नो धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष रुना देवी कलवारको अध्यक्षतामा भएकाे साधारण सभामा संस्थाको वार्षिक आय ब्याय कोषाध्यक्ष आशा देवी कलवारले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रममा स्वागत मनतब्य देवी न्यौपानेले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...