23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

सागमा पदक जित्ने पर्सेली खेलाडीहरु सम्मानित

वीरगंज । पर्सा जिल्ला तेकान्डो संघले आज १३ औं सागमा पदक जित्ने पर्सेली खेलाडीहरुलाइ सम्मान गरेको छ । वीरगंज स्थित दरवार होटलमा आयोजित एक कार्यक्रमका बिच सागमा पदक जित्ने ३ खेलाडिलाई सम्मान गरिएको हो ।

गणेशमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भारोत्तलन तर्फ स्वर्ण पदक जित्न सफल बिकास थापा, कुस्तिबाट कास्य पदक जित्न सफल सुधिर साह र तेक्वान्दो बाट पनि कास्य पदक जित्न सफल निश्चल मान श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जाराको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा पर्सा जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष निसान्त लामिछाने, तेक्वान्दो सिनियर गुरु प्रमोद मानन्धर, पर्सा एथ्लेटिक्स संघका अध्यक्ष बिरेन्द्रबहादुर कुर्मी क्षेत्री, नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष दिपक पटेल सहायक प्रशिक्षक महमद सकिल, नाजिर हुसैन अन्सारी, बिशाल मेमोरियल गोल्डकपका अध्यक्ष रोशन गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:4.200 sec. Memory consumption:81.5 mb