23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बि.वाई.सि.सि. कपको उपाधि ग्लोबल कलेजलाई

वीरगञ्ज  ।  वीरगञ्ज युवा च्याम्पस क्लबद्वारा आयोजित बि.वाई.सि.सि. कपको उपाधि ग्लोबल बिजनेस कलेजले जितेको छ ।

नारायणी रंगशालामा जारी इन्टर कलेज प्लस टु टि टुवाइन्टी नक आउट क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको फाइनल खेलमा बि आई टि इन्जिनियरींग कलेजलाई ७२ रनले पराजित गर्दै ग्लोबल बिजनेश कलेजले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिंग गरेको ग्लोबल कलेजले २० ओभरमा २०१ रनको योगफल तयार गरेको थियो । जवाफमा २०२ रनको लक्ष्य पाएको बि आई टी कलेज सबै बिकेट गुमाएर १२९ रनमै समेटिएपछि ग्लोबल कलेज बिजय भएको हो ।

सो प्रतियोगितामा ग्लोबल कलेजका साहिल पटेल म्यान अफ दी म्याच घोषित भएका थिए ।

प्रतियोगिताका संयोजक रमितराजा अन्सारीको सभापतित्वमा भएको समापन समारोहमा आर्या एजुकेशनका उमेश पण्डित, डेसिमल कलेजका सन्नी दुबे, मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसि, नेपाल भोजपुरी समाजका अजमत अलि, गायक एस एस सोनु, ग्लोबल कलेजका श्रीराम दास, ओम श्रेष्ठ, पत्रकार महासंघ प्रदेश न. २ का सदस्य जगत राई, सञ्चाकर्मीद्वय उज्जवल घिमिरे, सुर्य नारायण बिक लगायतलाई दोसल्ला तथा मायाको चिनो सहित सम्मान गरिएको थियो ।

मंसिर २२ गतेदेखी शुरु भएको प्रतियोगिताका बिजयी खेलाडीलाई अतिथिहरुले शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका थिए । ११ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिताको समापन समारोहको सहजिकरण असलम अन्सारीले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:215. Generation time:3.105 sec. Memory consumption:81.5 mb