2 April 2025
KALIKATIMES.COM

भारतबाट गढीमाई मेलामा बलीका लागि ल्याइएका पशुपंक्षीमा रोक लगाउने कार्यकाे निन्दा

samajbadi bidharthi neta_kalikatimes

बीरगंज । बलिप्रथाको बिरोधको नाममा गढीमाईमा लाग्ने पंचवर्षिय मेला प्रति हिन्दू समाजमा रहेको बिश्वास र आस्थामाथि कुठाराघात गर्ने प्रयास भइरहेको भन्दै बिद्यार्थी नेता कृष्ण चौरसियाले आपत्ती प्रकटगरेका छन ।

समाजवादी बिद्यार्थी पर्सा जिल्ला उपाध्यक्ष रहेका चौरसियाले बली प्रथा आज बिकास भएको नभई यो परम्परा देखी चल्दै आएको र त्यसमा हिन्दू समाजको आस्था जोडिएको वताएका छन । उनले प्रेस विज्ञप्ती जारी गर्दै अन्य धर्ममा पनि कुनै कुनै रुपमा बलि प्रथा  रहेको सत्यलाई बुझनु पर्ने र अन्य धर्महरुको बारेमा कुनै आपती नरहेको कुरालाई स्मरण गराउदछौ उलेख गरेका छन् ।

बली प्रथाको नाममा खास गरि अमेरिकन एजेन्सीहरुले यसको बिरोध गरिरहेको देखिएको छ । गढीमाई मेलामा भारत बाट आउने पशु  पंक्षीलाई रोकेर भारत सरकार समेत हाम्रो परम्पराको बाधक बनेको छ, म भारत सरकारको यो कदमको कडा शब्दमा निन्दा गर्दछु बिज्ञप्तिमा भनिएको छ ।

आज नेपालमा हरेक दिन बधशाला  हजारौ पशु काटिएका छन, त्यो पनि पशु हत्या हो । के पैसाको लागि पशु हत्या सहि हो र ? आम्दानी हुने भयो भने सही तर कसैले आफनो राम्रो काम भएको र गढीमाई प्रतिको बिश्वासले त्यसबाट खुशी भएर भाकल अनुसारको बली चढाउनुलाई अन्यथा मान्नु मुनासिव छैन ।

भारतमा पनि हजारौ मासु उधोगहरु छन र त्याहा हजारौ पशु हरेक दिन काटिन्छन के यो उचित हो त ? यो पुरा प्रकरणमा  भारत र अमेरिकाका हुण्डी खाने संघ/संस्था तथा नेपालका तथाकथित पशुअधिकारकर्मीहरुको षडयन्त्र देखिन्छ । जसले हिन्दु आस्था र परम्परा माथि आघात पु¥याइरहको  छ,  हामी यसको कडा अलोचना र निन्दा गर्दछौ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.517 sec. Memory consumption:82.44 mb