7 April 2025
KALIKATIMES.COM

महुवन उपनिर्वाचन, ५ जनाले गराए मनोनयन दर्ता

manonayan darta_kalikatimes

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनमा मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आज मनोनयन दर्ता भएको छ । वडाध्यक्ष पदको हुने निर्वाचनको लागि एक जना स्वतन्त्र गरी ५ जनालाले मनोनयन पत्र दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले वताउनु भयो ।

विहान १० बजे देखी एक बजे भएको मनोनयन दर्तामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उदयशंकर प्रसाद रौनियार, नेपाली कांग्रेसबाट अशेशर प्रसाद यादव, समाजवादी पार्टीबाट रुपलाल कुमार यादव, रा.प्र.पा. नेपालबाट सदरी महरा र स्वतन्त्र गोपाल साह कानुले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत खरेलले जानकारी गराउनु भयो ।

कार्त्तिक २८ गते बुधबार मनाेनय दर्ता गराएका विरुद्ध उजरी गर्न सकिने र मनाेनयन फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका रहेकाे छ भने कार्त्तिक शनिबार अन्तिम नमावली प्रकाशन गरी चुनाव चिन प्रदान गरिने निर्वाचन अधिकृत खरेलले जानकारी गराउनु भयाे ।

manonayan darta namawali_kalikatimes

तामझामकाे साथ विभिन्न दलले मनाेनय दर्ता गराउन बाहिरी शक्ति समेत प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स
SQL requests:216. Generation time:7.487 sec. Memory consumption:82.45 mb