31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

संघलको बिरोध गरेका कारण आफुलाई मेयराथनमा सहभागि गराइएन: खेलाडी मुखिया (भिडियो सहीत)

वीरगंज । पर्सा जिल्ला एथलेटिक्स संघले शनिबार वीरगंजमा आयोजना गरेको म्याराथनमा आफन्तलाई जिताउन खेलाडीलाई सहभागि नगराइएको आरोप लागेको छ । एथलेटिक्स खेलाडी प्रिन्स मुखियाले आफन्तलाई जिताउन आफुलाई नखेलाइएको आरोप लगाएका छन । उनले कालिका टाइम्स संग कुरा गर्दै आफुले पर्सा जिल्ला एथलेटिक्स संघको बिरोध गरेका कारण पनि आफुलाई म्याराथनमा सहभागि नगराइएको वताए ।

पर्सा एथलेटिक्स संघको बजेट हिनामिना गरेकोमा आफुले विरोध गरेका कारण आफु संग अन्याय भएको प्रतिक्रिया दिए । म्याराथनमो उपाधि वीरगन्ज १० घडीअर्वाका १९ वर्षीय अनिल कुमार साहले जितेको आयोजकले जनाएको छ । यस्तै म्याराथनमा महिला तर्फको उपाधि भने वीरगन्जकी संगीता यादवले जितेकी छन् । वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको दौड प्रतियोगिता माइस्थान, आदर्शनर, अलखीयामठ, घडीअर्वा, मुर्ली, पावरहाउस चोक हुँदै गण्डक चोकमा रहेको शहिद तेज बहादुर अमात्यको शालिकस्थलबाट फर्किएर पुन घण्टाघर चोकमै पुगेर सकिएको थियो । म्याराथन प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता प्रकाश थारुले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:5.583 sec. Memory consumption:82.84 mb