26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

१ किलो सुनसहित एक युवक पक्राउ

वीरगंज,२० बैशाख ।
रौतहटमा १ किलो सुनसहित एक युवक पक्राउ परेका छन् ।रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट शुक्रबार विहान साढे ५ बजे प्रहरीले सुनसहित २१ वर्षका अनुकेशकुमार साहलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक पपु नायक नेतृत्वको टोलीले चेकजाँच गर्दा ४ टुक्रा सुन लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा रहेका बताए । साहबाट बरामद पहेँलो धातु सुनचाँदी व्यवसायी संघ गरुडामा परीक्षण गर्दा सुन भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।
साहलाई राजस्व छली कारबाहीको लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पठाउने प्रहरीले जानकारी दिएको छ ।
। बरामद गरीएको सुनको मुल्य करिब ६० लाख रुपैयाँ रहेको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेपालमा पाेलियाे उन्मुलन भएपनि जाेखिम अझै कायम छ : चिकित्सकहरु

कालिका टाईम्स

कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनायाे

कालिका टाईम्स

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स
SQL requests:212. Generation time:3.545 sec. Memory consumption:81.45 mb