22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्साको ७ औं खुल्ला दिसामुक्त सखुवा प्रसौनी गाउँपालिका घोषणा

sakhuwaprasauni-kalikatimes

पर्सा, ३० पुस ।
पर्साको ७ औं खुल्ला दिसामुक्त सखुवा प्रसौनी गाउँपालिका र ५७ औं खुल्ला दिसामुक्त वडा सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ सोमबार घोषणा भएको छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको अध्यक्षतामा भएको घोषणा सभामा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले गाउँपालिकालाई खु्ल्ला दिसामुक्त घोषणा गरे ।

घोषणा सभाका प्रमुख अतिथी समेत रहेका रौनियारले साबुन पानीले हात धुई गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेका थिए । कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति, पर्साका सचिव जकी अहमदले आजैको मितिबाट खुल्ला रुपमा दिसापिसाब नगर्न गाउँबासी संग प्रतिबद्धता गराए ।

श्रीपुर पंचगांवामा भएको घोषणा सभामा प्रदेश सांसद प्रहलाद गिरी, मंजुर अंसारी, जिल्ला समन्वय समिति, पर्साका संयोजक नेकमहमद अंसारी, संघिय समाजवादी फोरम नेपालका रामनरेश यादव, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ, पर्साका सचिव युवराज खड्का लगायतकाले मन्तव्य राखेका थिए ।

घोषणा सभामा नेपाल पत्रकार महासंघ पर्सा शाखा, रेडियो वीरगंज एफएम, पत्रकार छठु साह, लालबाबु बानियाँ, नेपाल रेडक्रस सोसाइटी, अरुणोद्य युवा क्लब लगायतकालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश्वर रौनियारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.767 sec. Memory consumption:81.5 mb