26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

विपद व्यपस्थापन बारे गैससहरु संग प्रजिअ भट्टाराईको छलफल

bipad bewsthapan-kalikatimes

वीरगंज, २० पुस ।
पर्साका क्रियाशिल गैर सरकारी संस्थाहरु संग पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई बिहिबार विपद व्यवस्थापन सम्बन्धमा छलफल गर्नु भएको छ । गैसस महासंघ नेपाल पर्साको समन्वयमा जिल्ला प्रशासन कार्यालय, पर्सामा गैर सरकारी संस्थाहरुको बैठक बोलाई जिल्ला विपद व्यवस्थापनन समितिका अध्यक्ष समेत रहेको प्रजिअ भट्टाराई छलफल गर्नु भएको हो ।

बैठकमा बौल्दै प्रजिअ भट्टाराईले शितलहर सुरु हुनु भन्दा पहिला नै सजक गराउन हिसाबले भोली देखी नै काममा लाग्न बैठकमा सहभागि गैर सरकारी संस्थाका पदाधिकारीहरुलाई आग्रह समेत गर्नु भयो । प्रजिअ भट्टाराईले विपद व्यवस्थापनको लागि सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने र शितलहरको बारेमा सजक गराउनुको साथै सुचना प्रवाहमा सहयोग गर्नु पर्ने बताउनु भयो ।

बैठकमा सहभागि गैर सरकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुलाई संग संगै मिलेर काम गर्नु पर्ने बताउदै भट्टाराईले कहि कतै विपदको घटना भए सुचना प्रवाह समेत गर्नु पर्ने बताउनु भयो ।

bipad bewsthapan 2-kalikatimesबैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेम द्धवज साह, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, रितेश त्रिपाठी, तबरेज अहमम्द, इब्राहिम देवान, सुरज पण्डित लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:216. Generation time:3.187 sec. Memory consumption:81.49 mb