30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मानव आश्रम वीरगंजमा रहेकी महिलाले बच्चा जन्माईन

वीरगंज, २७ मंसिर ।

वीरगंजको मानव सेवा आश्रममा रहेकी एक गर्भवती महिलाले बिहिबार बच्चा जन्माईकी छिन् । गर्भवती अवस्थामा पाँच महिना अघि वीरगन्ज भन्सार क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय पर्साले उद्दार गरी मानव सेवा आश्रमको जिम्मा लगाएको महिलाले बिहिबार बिहान ७ बजे छोरा जन्माएकी हुन् ।

मानसिक स्वास्थ्य कमजोर रहेकी महिलाबाट जन्मिएको नवजात शिशुको स्वास्थ्य अवस्था ठिक रहेको मानव सेवा आश्रमका संयोजक देवेश गुप्ताले जानकारी दिए । मानव सेवा आश्रममा रहेकी गर्भवती महिलाले आश्रममै बच्चा जन्माउँदा मानव सेवामा बस्दै आएका आश्रितहरु हर्षित भएको संयोजक गुप्ताले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:3.398 sec. Memory consumption:81.48 mb