30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षक प्रशिक्षण तालिम सुरु

tiwarinews-kalikatimes

वीरगंज,२१ मंसिर /बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५, नेवतनमा प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार देखि संचालनमा भएको छ । कलैयामा रहेको स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा प्रशिक्षण कार्यक्रम संचालन भएको हो ।

ईसिडिसि नेवतनको सभाहलमा  सुरु भएको प्रशिक्षण तालिम मंसिर २७ गते सम्म चल्ने आयोजक संस्थाका कार्यक्रम संयोजक दामोदर प्रसाद यादवले जानकारी दिए । प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षक प्रशिक्षण तालिममा चैनपुर,  नेवतन, लालपर्सा, बहुवरी , मोतसिर, मनहर्वा र भलुहि केन्द्रका गरी १४ जनाको सहभागीता रहेको कार्यक्रम संयोजक यादवले बताए ।

स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रका व्यवस्थापन समितिका जगदिश साह कानुको अध्यक्षता र वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद कलवार प्रमुख अतिथ्यतामा सुरु भएको कार्यक्रममा स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रको कोषाध्यक्ष पृतम कुमार गुप्ता , शेषनाथ यादव ,  फेटा गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयप्रकाश दास, कार्यपालिका सदस्य रामसुन्दर ठाकुर, ओम शान्ति समाज सेवाका दशई साह, युवा नेता उमेश गुप्ता, शिवजी गुप्ता, तालिम प्रशिक्षक रामप्रवेश साहको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.202 sec. Memory consumption:81.5 mb