26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

६ कराेडकाे लागतमा निर्माण हुने नरसिंह मा.वि.को भवन नगर प्रमुखद्वारा शिलान्यस

वीरगन्ज, ६ मंसिर ।
वीरगन्जको  पिपरा स्थित रहेकाे नरसिंह माध्यमिक विद्यालयको  भवनको शिलान्यस अाज वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले गर्नु भएको छ । बिहिबार मध्यान एक कार्यक्रमबिच विद्यालय प्रागंनसगै रहको जग्गामा बैदिक विधि अनुसार पुजापाठ गर्दै  नगर प्रमुख सरावगीले भवनको शिलान्यास गर्नु भएको हो ।

३ कठा १० धुर जग्गामा निर्माण हुने नवनिर्मित  तिनतल्ला भवनमा ३० वटा अत्याधुनिक कोठाहरु निर्माण गरिने  योजना प्रमुख शैलेन्द्र श्रेष्ठले बताउनु भयो । क्षेत्रीय अर्बन विकास परियोजना (आरयुडिपि) अन्तर्गत ६ करोडको लागतमा निर्माण हुने भवनको ठेक्का जेटिएसजे र कालिका निर्माण कम्पनिले ज्वान्टभेर्चर रुपमा लिएको छ ।

एशियन विकास बैंक,नेपाल सरकार र वीरगन्ज महानगरपालिकाको लगानिमा निर्माण भइरहेको यो भवन जिल्लाकै नमुना विद्यालयको रुपमा निर्माण हुने नगर प्रमुख सरावगीले बताउनु  भयो । उहाले विरगंज महानगरपालिकाको अथक पहल पछि निर्माण हुन गइरहेको बताउनु भयो ।

निर्माण हुन गइरहेको भवनमा कक्षाकोठा, पुस्कालय ,कम्पीयुटर तथा विज्ञान प्राविधिक प्रयोगशाला लगायतका सबै अत्याधुनिक कक्षहरु संचालन गर्न सकिने  व्यवस्था गरिएको नगर प्रमुख सरावगीको राजनिती सल्लाहकार मुकेश दुबेदिले जानकारी दिनु भयो ।

विद्यालय भवन निर्माण भइसके पछि दशकौं देखि अधुरो रहेको सेकेन्ड इनरवाइपास सडकलाई पुर्णता दिन सहिने भएको र विद्यालयलाई व्यवस्थीत हुने भएकोले बताउदै यसबाट यसक्षेत्रमा राम्रो सन्देश गएको  नगरसिहं माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम नेपाली काँग्रेसका नेता रामनारायण कुर्मिले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.438 sec. Memory consumption:81.5 mb