26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

“सिताराम जप महायज्ञ”को विशाल कलश यात्रा

बारा,२६ कात्तिक ।
बारा स्थित प्रसौनी गाउँपालिकाको दुधौरा नदि किनारमा आयोजित “सिताराम जप महायज्ञ”को सोमबार हाती, घोडा, बाजागाजा सहित भव्य रुपका साथ कलश यात्रा निकालिएको छ ।
नदिको किनारा बाट निकालिएको विशाल कलश यात्रा प्रसौनी बजार क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गर्दै त्रिवेनी नदि स्थित रहेको दोभानबाट जल बोझी गरी विधिपुर्वका अनुसार पूण यज्ञ हुने स्थानमा पुगेका थिए ।
“सिताराम जप महायज्ञ”को कलश यात्रामा प्रसौनी गाउँपालिका तथा परवानीपुर गाउँपालिकाका जनप्रतिनिधि संगैं हजारौको संख्यामा कन्या , महिला र पुरुषहरु सहभागीता रहेको थियो । बाजागाजा, हातीघाडा सहित हजारौको संख्यामा निकालिएको कलश यात्राले सो क्षेत्र रौनकमय भएको थियो ।
यज्ञमा ७५ वटा विभिन्न भगवानको मुर्ति बनाइएको छ भने मनोरन्जनका लागि विभिन्न ठाउँबाट खेल, तामासा, मौतका कुवा, झुलुवा समेत रहेको छ । “सिताराम जप महायज्ञ”मा हवन गर्नको लागि एक सय एक जना जोडीलाई अहवान गरिएको यज्ञका संयोजक आत्माराम दास (चटिया बाबा)ले जानकारी दिनु भयो।

महायज्ञको व्यवस्थापन भव्य रुपले भए संगै यज्ञमा निःशुल्क स्वास्थ शिविर, बाहिरबाट आउने भक्तजनका लागि निःशुल्क खाने, बस्ने व्यवस्था गरिएको यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।
शान्ति सुरक्षाको लागि नेपाल प्रहरी, सस्त्र प्रहरी तथा सेनाका प्रमुखहरुसंग छलफल निरन्तर भइरहेको तथा यज्ञ स्थलमा व्यापक शान्ति सुरक्षाकर्मी परिचालन गरिएको र १८ वटा सिसिटिभी क्यामरा यज्ञ स्थलमा जडान गरिएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले जानकारी दिनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:3.500 sec. Memory consumption:81.43 mb