31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

समाज सुधारको लागि सरोजको भिडियो अभियान

काठमाडौ- समाजिक अभियानता र समाजिक संंस्थाको धनी देश नेपालमा हुन त समाज परिवर्तन गर्न चाहने युवा अभियानताहरुको कमी देखिदैन । तर यस्ता अभियानताहरु भन्दा एक फरक सोच र फरक अभियानमा लागेका युवा हुन सरोज उप्रेति ।

२१ बर्सिए सरोज उप्रेती भने नेपालमा नभए पनि १ बर्ष देखी निरन्तर रुपमा नेपालको समाज सुधार र यहाँका युवाहरुमा सकरात्मक परिवर्तनको लागी प्रायसरत देखिन्छन । हाल अमेरिकामा रहेका उप्रेती नेपालको बिभिन्न समसमायिक बिषय, समाजमा हुने बिभिन्न कुरुती र समाजको जल्दोबल्दो समस्यालाई बिषय बनाइ यसको बिरुध ब्यङ्यात्मक शैलिमा आफ्नो तर्क राखी भिडियो सन्देश बनाइ समाजिक सन्जाल फेसबुक मार्फत नेपाली सम्क्ष पुर्याउने गर्छन ।

उनको भिडियोमा उनले बोलेको शब्द र प्रयोग गरेको शैलिले युवा श्रोताहरुमा परिवर्तनको सकरात्मक सन्देश पुग्नेगरेको युवा अभियानता बिनोद जोशी बताउन्छन । उनले यस अभियानको नाम “समाज सुधार को लागि भिड्यो अभियान” दिएका छ्न ।

सरोज उप्रेतिको भिडियोहरु आज बिभिन्न युवाहरुको लागी मार्गदर्शक बनेको र यसले बिभिन्न समाजिक समस्या समाधान गर्ने मदत पुग्ने गरेको बिभिन्न युवाहरुको बुझाइ छ । उनी भन्छन् “बिदेशी नु न त मेरो रहर हो न बाध्याता , म त बिदेश यहाँको चालचलन, बिचार र अन्य राम्रा कुराहरुको अनुभव गर्न चाहन्छु ।

बिभिन्न  संंस्कृति खोजी गर्न चाहन्छु र त्यसका राम्रा पक्षलाई आफ्नो देशको बिकाश र युवाहरुमा नया सकारात्मक परिवर्तन ल्याउन प्रयोग गर्न चाहन्छु ।”देश र विदेशमा रहेका सरोज उप्रेति जस्ता युवाहरुलाई हामी सबै नेपालीहरुको सहयोग र समर्थनको आवश्यकता देखिन्छ ।

सरोज उप्रेतिले समाज सुधारको लागी चलाएको भिडियो अभियान झै हामी युवा पनि आ-आफ्नै ठाउँबाट जे जस्तो सक्छौ त्यस्तो सहयोग गर्यौ भने हाम्रो समाज परिवर्तन हुन र देश बिकाश हुन समय लाग्ने छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.884 sec. Memory consumption:81.46 mb