21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नयाँ पुस्ताको सहभागिता अभावमा झिझिया लोप हुदै

पर्सा – मधेशमा मनाइदै आईएको झिझिया लोप हुँदै गएको छ । प्रत्येक बर्ष दशै शुरु भएको दिन देखि दशमी सम्म मनाईने झिझिया लोप हुँदै गएको हो ।

मधेशि र थारु समुदायको पहिचान समेत बोकेको झिझिया संरक्षण अभावमा लाेप हुँदै गएकाे बताईन्छ । धेरै नै महत्व रहेको झिझिया नयाँ पुस्ताको आगमन संगै लाेप हुँदै गएकाे कालिकामाई गा.पा. २ गदियानीका रामानन्द साहले वताए ।

निकै नै प्रख्यात र लोक प्रिय रहेको झिझिया नयाँ पुस्ताले नमनाउदा लोप हुँदै गएको साहले वताए । दशै शुरू भएकाे घटस्थापनाको दिन देखि प्रत्येक राती १० दिन सम्म झिझिया मनाईन्छ ।

रातिको समयमा गाउँ घरमा सबैले खाना खाईसके पछि युतिहरुको समुहले यो पर्व मनाउने गर्दछ । पहिला हाम्रो गाउँमा ८/१० वटा समुहमा झिझिया मनाइन्थियो । जुन समुहमा १० देखि २० जना केटिहरुको सहभागिता हुन्थ्यो ।

उनले भने अहिले आएर २/३ वटा समुहमा मनाईन्छ । जुन समुहमा ५/६ जनाको मात्र सहभागिता हुन्छ । साहका अनुसार झिझिया मनाउन नयाँ पुस्ताको आक्रसण घटेको छ । आक्रसण भएका र खेल्न चाहेकाहरुको पनि अभिभावकले झिझिया मनाउन नदिएका कारण पनि लोप हुँदै गएको साहको भनाई छ ।

राती समयमा गित गाउदै गाउँको परिक्रमा गरि यो पर्व मनाउने गरिन्छ । १०० अाैं बर्ष पुर्वकाल देखि मनाइदै आईएको झिझिया प्रत्यक बर्ष दशैमा १० दिन सम्म मनाइने गरिन्छ । डाईन भतर कटनाे जवाइन गुनवा कईली लगायतकाे झिझिया गित प्रख्यात रहेको छ ।

हिन्दु र मुस्लिम दुबै समुदायका विशेष गरि बालिका र युतिहरुले झिझिया मनाउने गर्दछ्न ।  भाइको लामो उमेर र डाइन, भुतिनबाट रक्षा हुने विश्वासका साथ झिझिया मनाउने गरिन्छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.826 sec. Memory consumption:81.45 mb