30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत नारायणी अस्पतालको सरसफाई

वीरगञ्ज, २० असाेज ।
वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा शनिबार बिहान सरसफाई गरिएको छ । व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत अस्पतालको सरसफाई गरिएको अभियानका संयोजक दिलिपराज कार्कीले बताए ।

वीरगञ्जलाई व्यवस्थित बनाउन नागरिक स्तरबाट थालिएको अभियान मार्फत साप्ताहिक रुपमा सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान अस्पतालबाट शुरु गरिएको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, प्रहरी उपरीक्षक रेवती ढकाल लगायतकोे सहभागीतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाका सरसफाई कर्मचारी, व्यवस्थित वीरगञ्जका अभियन्ता, स्थानीय जनप्रतिनीधिहरु समेतको सहभागीतामा सरसफाई गरिएको थियो ।

अस्पतालको क्वाटरमा बस्ने चिकित्सक, स्टाफ नर्स लगायत अन्य कर्मचारीहरुले समेत सरसफाईमा ध्यान नदिने गरेको पाईएको छ । क्वाटरहरुको नियमित सरसफाई नभएका कारण घरहरुमा झाडी बुट्यान उम्रिएको, क्वाटर वरपर झाडी बनेको, जथाभावी फोहोर देखिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले बताए ।

प्रमुख जिल्ला अधिकारी पौड्यालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा एनामुल हकलाई कर्मचारीहरुलाई बोलाएर बसोबास गरिरहेको ठाउँको सरसफाईका बारेमा ध्यान दिन लगाउन निर्देशन दिएका छन् ।

व्यवस्थित वीरगंज अभियान अन्तर्गत असोज २ गतेदेखी वीरगंजमा ट्राफिक व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, टेम्पो, इरिक्सा व्यवस्थापन र व्यवस्थित पार्किगका लागि काम भैरहेको छ ।
सोही क्रममा सातवटा छाडा चौपाया पनि नियन्त्रणमा लिइएको छ । वीरगञ्जको मुर्ली सातवटा घोडालाई नियन्त्रणमा लिएको अभियानका सह संयोजक प्रकाश खेतानले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.009 sec. Memory consumption:81.43 mb