31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

तलब खान्न नपाएका कर्मचारीहरुको आन्दोलनमा जाने चेतावनी

वीरगंज, १६ असोज ।
पर्साको कालिकामाई गाउँपालिकाका कर्मचारीहरुले अब पनि तलब नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन । गाउँपालिकाले आर्थिक बर्ष २०७५।०७६ को साउन महिना देखीको तलब भत्ता हाल सम्म नपठाए पछि कर्मचारीहरु आक्रोसित बनेका छन । कालिकामाई गाउँपालिका अन्तर्गतका १० वटा बिधालय र ५ वटा स्वास्थ्यचौकीका दर्जनौ कर्मचारीहरु आ आफनो जिम्मेवारी बहन गरीरहदा पनि तलब नपाउदा मर्कामा परेका छन ।

प्रत्यक महिना पाउनु पर्ने तलब दशैं नजिकदै जादा पनि पाउने आसा नरहेको कर्मचारीहरुले वताएका छन । कालिकमाई गाउँपालिकाको १० वटा बिधालयमा ५८ जना शिक्षकहरु छन भने ५ वटा स्वस्थ्यचौकीमा ३० जना कर्मचारी रहेका छन । हिन्दुहरुको महान चाडपर्व दशै नजिक्दै जादा र गाउँपालिकाबाट तलब नपाउदा तलब पाउने आश लगाएका कर्मचारीहरु निराश हुन थालेका छन ।

एक कर्मचारीका अनुसार स्थानिय तह नहुदा कर्मचारीहरुलाई समयमै तलब भता खुवाउने गरिएको थियो । अब सम्मपुर्ण अधिकार स्थानिय तहमा सुम्पिए पनि जनप्रतिनिधीहरु जिम्मेवारी बहन नगर्दा दिनप्रदिन स्थानिय तह प्रतिको भरोसा निरिह बन्दै गएको छ ।

गाउँ कार्यपालिका कार्यालयका कर्मचारीहरु र वडा सचिवहरु पनि साउन महिना देखी नै तलब खान्न पाएका छैन । दशैं सम्म तलब नपाए गाउँपालिका अन्तर्गतका ५ वटै वडाका वडा सचिवहरु पनि आन्दोलनमा जाने वताएका छन ।

श्रम गरेर पनि श्रमको पारिश्रमिक समयमा नपाउदा कर्मचारीहरुका घरपरिवार पनि सास्ती भोग्दै आएका छन । कालिकामाई गाउँपालिकाका कर्मचारीहरुलाई दशैको समयमा तलब भता नखुवाईए आन्दोलनमा उत्रने चेतावनी कालिकामाई गाउँपालिका शिक्षक फोरमका अध्यक्ष धुरेन्द्र प्रसाद चौरसियाले दिए । यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह संग बुझदा आर्थिक बर्ष २०७५/०७६ को बजेट, निति तथा कार्यक्रम तय गर्न गाउँ सभा हुन नसकेका कारण कर्मचारीहरुलाई तलब खुवाउन नसकिएको वताए । उनले दशैं सम्म तलब खुवाउन आश्वासन समेत दिए ।

यस्तै पर्साको धोबिनी, जगरनाथपुर र विन्दावासिनी गाउँपालिका कर्मचारीहरुले पनि तलब पाउन सकेका छैन । यी गाउँपालिकाहरुको पनि दोस्रो गाउँ सभा नभएका कारण साउन महिना देखि तलब खुवाउन नसकिएको प्रमुख प्रशासकिय अधिकृतहरुले वताएका छन । तलब नपाउदा कर्मचारीहरु मर्कामा परेका कारण जनप्रतिनिधिकरु प्रति आक्रोसित समेत देखिएका छन । जनप्रतिनिधिहरुको स्वार्थ पुरा नभएका कारण गाउँ सभाहरुमा ढिलाई भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.928 sec. Memory consumption:81.45 mb