Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026
Home Blog Page 795

७ महिलासहित ८८ जनाद्वारा रक्तदान

0

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १२ मुडलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

अन्जुमन इस्लामियाकाे आयाेजनामा मुडली महजिदमा भएकाे कार्यक्रममा एक महिलासहित ३३ जनाले रक्तदान गरेकाे रक्तसंचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख साैरभ राज पाण्डेले वताए ।

कार्यक्रममा रेयाज अन्सारी, घनश्याम बाबु गुप्ता, असगर अली, हैजल मन्सुर, सबना खातुन, मृतुजा हवारी, हारुक अली, समिर अन्सारीले रक्तदान गरेकाे उनले जानकारी दिए ।

रेक्त संचार केन्द्रका प्राविधिक धिरेन्द्र झाकाे नेतृत्वकाे प्राविधिकहरुकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे । 

यस्तै, लायन्स क्लबकाे आयाेजनामा वीरगंज मै रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित महाविर धर्मशालामा भएकाे कार्यक्रममा ६ महिलासहित ५५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रका प्राविधिक प्रमुख पाण्डेले जानकारी दिए ।

वीरगंजमा रक्तसंचार सेवा भवनको शिलान्यास 

0
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३ वीर्तास्थित मालपोत चोकमा रक्त सञ्चार केन्द्रको आधुनिक भवन निर्माण हुने भएको छ । निर्माण हुने भवनकाे शनिबार वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले शिलान्यास गरेका छन् ।
 
भवनकाे शिलान्यास गर्दै मेयर सरावगीले रक्तसञ्चार केन्द्रलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पाउँदा सबैभन्दा पुण्यको काम भएको महशुस गरेको बताए । उनले रक्त मानवीय जीवनको लागि अतिआवश्यक तत्व भएको र मानवियताको दृष्टिकोणबाट पनि सबैभन्दा पूण्यको काम भएकोले महानगरपालिकाकाको १६२ जना कार्यपालिका सदस्यहरुको बैठकबाट निर्णय गरेर जग्गा उपलब्ध गराएको बताए ।
 
उनले जग्गा उपलब्ध गराउन साथ दिनुहुने १६२ जना कार्यपालिका सदस्य तथा महानगरवासीलाई धन्यवाद समेत दिए । रक्त सञ्चार केन्द्रकाे भवन निर्माणका लागि महानगरपालिकाले थप २५ लाख बजेट छुट्याएको मेयर सरावगीले जानकारी दिए ।
 
त्यस्तै भवनको एउटा कोठा आफ्नो स्व.पिताको नाममा निर्माण गरिदिने उनले घोषणा समेत गरे । उनले बाँकी रकम आवश्यकता अनुसार थप्ने प्रयास गर्ने र अन्य दाताहरुलाई पनि सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 
महानगरपालिकाले उपलब्ध गराएको जग्गामा रक्त संचार केन्द्रले पाँच तल्ले अत्याधुनिक भवन निर्माण गर्न लागेकाे हो । भवन निर्माणको लागत साढे चार करोड अनुमान गरिएको रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलले जानकारी दिए ।
 
उनका अनुसार भवन निर्माणका लागि आवश्यक आर्थिक स्रोत मध्य १० लाख सूर्य नेपालले र महानगरपालिकाले छुट्याएको २५ लाख बाहेक अन्य रकम भने जुटाउनुपर्ने छ ।
 
नेपाल रेडक्रस सोसाइटी केन्द्रले पनि केही रकम सहयोग गर्ने आश्वासन दिएको बताउँदै कडेँलले प्रदेश सरकार र अन्य दाताहरुबाट पनि आर्थिक सहयोग आउने अपेक्षा रहेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड अनुसार नै निर्माण गरिने भवनमा रक्तसञ्चार केन्द्रलाई आवश्यक सुविधाहरु सहित पार्किङको समेत व्यावस्था रहने छ ।
 
रेडक्रस पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल रेडक्रस सोसाईटी प्रदेश २ का अध्यक्ष फुलमहमम्द मियाँ, पर्साकी उपसभापति मधु राणा, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल थापा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन मन्त्री शैलेन्द्र कुमार चौरासीयाले गरेका थिए ।
 
७ जनाले गरे रक्तदान
 
रक्तसञ्चार सेवा दिवसको अवसरमा रक्त संचार केन्द्रकाे भवन निर्माण हुने स्थल मै रक्तदान कार्यक्रम समेत सम्पन्न भएकाे छ । रक्त संचार केन्द्र कै आयाेजनामा भएकाे कार्यक्रममा ७ जनाले रक्तदान गरेका हुन् ।
 
कार्यक्रममा रेडक्रस पर्साका मन्त्री शैलेन्द्र चौरसिया, रक्त संचार केन्द्र वीरगंजका प्रमुख शाैरभ राज पाण्डे, कार्यक्रम अधिकृत उमेश मिश्र, सशस्त्र प्रहरी सुनिल प्रसाद कुर्मी, श्याम बहादुर गुरुङ, देबेन्द्र राज भण्डारी, अभिषेक सिंहले रक्तदान गरेकाे रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले वताए ।

गुरु पूर्णिमाकाे अवसरमा वीरगंजमा गुरुदक्षिणा उत्सव

0

वीरगंज । गुरु पूर्णिमाकाे अवसरमा शनिबार वीरगंजमा गुरुदक्षिणा उत्सव सम्पन्न भएकाे छ । हिन्दु स्वयंसेवक संघ नेपालकाे आयाेजनामा वीरगंजकाे आदर्शनगरस्थित जैन भवनमा भएकाे कार्यक्रमका सहभागिहरुले गुरुदक्षिणा दान गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले नेपालमा हिन्दु धर्म असुरक्षित भएकाे महसुस हुन थालेकाे वताए । विभिन्न प्रलाेभनमा परी धर्म परिवर्तन गर्नेहरुका कारण हिन्दु धर्म असुरक्षित हुन थालेकाे उनकाे भनाई थियाे ।

उनले ज्ञानकाे अभावमा हाम्राे समाज केही व्यक्तिले धर्म परिवर्तन गर्ने गरेका कारण त्यस्ता व्यक्तिलाई बुझाउन जरुरी रहेकाे वताए ।

उनले भने “हाम्राे धर्म र संस्कृतिलाई अगाडी बढाउन हाम्राे कर्तव्य हाे । हामीमा मानव संस्कारकाे कमि भएका कारण शाखाबाट मानव निर्माण गरिन्छ । बर्षमा एक पटक संगठन निर्माणकाे लागि गुरु पूर्णिमाकाे अवसरमा गुरुदक्षिण गर्ने गरिन्छ ।”

संविधनमा हिन्दु राष्ट्र नभए पनि नेपाल हिन्दु राष्ट्र छ र रहन्छ उनकाे भनाई थियाे । उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रति लक्षित गर्दै संस्कारकाे अभावमा मुलुक दु:ख पाएकाे वताउँदै त्याग र कर्तव्यकाे पालना नभएकाे वताए ।

विभाग संघचालक अशाेक बैधले नेपालाई हिन्दु राष्ट्र बनाउन एक भएर लाग्नु पर्ने वताए । उनले नेपाल हिन्दु राष्ट्र हटनुमा हाम्राे संगठनहरु कै कमिकमजाेरी रहेकाे वताउँदै पुन: एक ढिका भएर लाग्नु पर्ने धारणा राखे । 

जिल्ला संघचालक ललन द्विवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाश जी, जनकपुर सम्भाग कार्यवाहक रंजित साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे सहजिकरण जिल्ला कार्यवाहक कृष्णा चाैरसियाले गरेका थिए । 

स्वः बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीरगंजकी कुँवर पुरस्कृत

0

वीरगञ्ज ।  स्वः बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीरगंजकी समाचार वाचीका अनिता कुँवर सम्मानित भएकी छन् । 

कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले रु १५ हजार राशिको सो पुरस्कार कुँवरलाई प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री शर्माले महिला पत्रकारको हितको लागि कुनै कसर बाँकी नराख्ने गरी लागि पर्ने बताए । 

उनले पत्रकारहरूको जोखिमपूर्ण कामलाई देखेरै डेढ दशकअघि निजी खर्चमा दुर्घटना बीमा गराए पनि सोलाई निरन्तरता दिन नसक्दा दुःख लागेको बताए । उनले पत्रकारको लागि सदैव राम्रो गरूँ भन्ने सोच राखेर काम गर्दा केही पत्रकारको छुद्रताका कारण आफ्नो सो प्रयासमा बाधा पुग्ने गरेको बताए ।

उनले पत्रकारको हितको पक्षमा प्रदेश सरकार रहेको र प्रदेश भरिका एफएम एवं पत्रपत्रिकाको कार्यालयलाई बिद्युत् महसुल मुक्त गराउने योजना ल्याउने पनि बताए ।

बिन्दुदेवी प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारी अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, प्रदेश नं २ का सचिव श्याम बन्जारा, बीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्धिबेदी लगायतले आ—आफ्नो धारणा राखेका थिए । 

वीरगंज लिंक राेडस्थित हाेटल कुमु प्यालेसमा भएकाे कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन ।

बढदो प्रहार र खुम्चिएको दलित आन्दोलन

0

-बृजलाल पासवना

रौतहटको गरुडा नगरपालिका वार्ड न . ८ जिङडियाका १९ वार्षिय बिजय रामको प्रहरी हिरासतमै प्रहरीकै शारिरिक एवं मान्सिक यातनाका कारण घाइते भइ  उपचारको क्रममा बिरगंज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु बर्णन भयो । निजलाई यातना दिने र दिन लगाउने ईलाका प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञान कुमार महतो  सरकारी सयन्त्रकै संरक्षणमा कारवाही बाट उम्किए । आदेस पालक उनका मातहतका साना दर्जाका प्रहरीहरुले कारवाही भोग्नु पर्यो । अर्थात निरीह दलित युवाको हत्याको मुख्य दोषी सरकारी संरक्षणकै कारण जोगिए ।

रौतहटकै दुर्गा भगवती गाउँपालिकाका बिकास पासवानलाई दलित भएर कथित उप्पलो जातिको छोरीलाई प्रेम पत्र दिएको निहुँमा सार्बजनिक रुपले चौतारामा हात बाधेर मर्नास्न्न कुटपिट गरियो । जसको भिडियो नै समाजिक संजाल मा छ्याप छ्याती भयो तर दोषीहरुलाई कारवाहीकाे लागि प्रहरीमा उजुरी दिन जादा विभिन्न बहानामा प्रहरीले उजुरी लिन मानेन, त्याहा पनि पीडकलाई सरकारी साथ र सहयोग रहयो ।

रुकुम पश्चिममा दलितले कथित उप्पलो जातिको केटीसंग प्रेम गर्ने दुस्साहस गरेको भन्नी नवराज बिक लगायतहरुको नरसंहार हुँदा पनि पीडकहरुको बचाउमा हालका अर्थ मन्त्री  एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्धन शर्माले सदनमै खुल्ला अभिव्यक्ति दिए ।

पछिल्लो केहि समयदेखि चर्चामा रहेको रुपा सुनार घटनाका दोषी घरबेटी सरस्वती प्रधानलाई सरकारका तत्कालीन  शिक्षा मन्त्री एवं नेकपा एमालेका प्रभावशालि नेता कृष्ण गोपाल श्रेष्ठले आफै प्रहरी हिरासतबाट छुटाई प्रधानलाई आफ्नै गाडीमा निजको घर सम्म पुरयाए । यसरी जातीय उत्पीडन र जातका आधारमा हुने अनेक किसिमको बिभेदलाइ हाम्रो मुलुकको कानुनले अक्षम्य र दण्डनिय माने पनि जातको आधारमा हुने प्राय बिभेदका घटनाहरुमा पीडिकहरुलाई राज्य स्वयंले बचाउ गरेको  र बचाउको प्रयास गरेको देखिन्छ । त्यस कारण  दिन प्रतीदिन हाम्रो मुलुकमा दलित समुदायको अवस्था दैनिय हुनुको साथै समग्र नेपाली समाज बिभेद मुक्त हुनुको साटो बिभेद युक्त बन्दै गएको छ । यस अवस्थामा समानता, विभेदमुक्त समाज र उपयोगयुक्त दलित अधिकारको सुनिश्चितताको लागि दरो दलित आन्दोलनको आवश्यकता रहेको बेला विभिन्न कारण बस दलित आन्दोलन खुम्चिएको छ । परिणाम स्वरूप मुलुकमा दलित समुदायको आगामी यात्रा झनै असहज र भबिस्य अन्यौलपुर्ण देखिन्छ ।

दलिय बिबस्ता

हाम्रो मुलुकमा अस्तित्वमा रहेका सम्पुर्ण राजनीतिक दलहरुले दलित समुदायलाई आफू तिर आकर्षित गर्न आ-आफ्नो दलको भातृ संगठनको रूपमा दलित मोर्चाहरु खडा गरेका छ्न । जसमा आफू अनुकुल हुने गरि  विभिन्न दलित अगुवाहरु आबद्ध भइ छुट्टा छुट्टै आ- आफ्नो राजनीतिक भबिस्य खोजी रहेका छ्न । जसले ती दलित अगुवाहरु लाई आफ्नो समुदायको आवश्यकताको मुलभुत मुद्दा उठाउनु भन्दा पनि उनको दलले तयार पारेको दलित सम्बन्धि  गैर बस्तुगत मुद्दा उठाउन बाध्य छ्न साथै आफ्नो समुदायको मुद्दा उठाउनु भन्दा पनि आफ्नो दलको गुणगान गर्न बिबस छ्न । किनकी अवसर दलसंग देखिन्छ समुदायको मुद्दा संग होइन । विभिन्न दलमा रहेर आफ्नो राजनीतिक भबिस्यको लागी भौतारी रहेका दलित अगुवाहरु आ -आफ्नो दल प्रती अत्याधिक ईमानदार देखाउनमा केन्द्रित छ्न । ताकी आफ्ना पार्टीका बरिष्ठ नेताहरुको नजरमा पर्न सकियोस र दलितको नाउँमा पाउने अवसर सहजै आफुले प्राप्त गर्न सकु । अर्थात दलितको नाममा पाउने अवसरको लागि लालाइत देखिए पनि दलित एकतालाई कसरी मजबुत बनाउने र तिनीहरु माथी हुने बिभेदहरुको उन्मुलन  कसरी गर्ने, गराउने तर्फ खासै चिन्ता र चासो नदेखिएको कारण हालको अवस्थामा दलित माथिको प्रहार बढेको छ भन्ने दलित आन्दोलन खुम्चिएको छ ।

पर निर्भरता

आर्थिक रुपले बिपन्न यो समुदायका प्रायहरुको जीवन यापन अन्यमाथी निर्भर छ । त्यस कारण पनि स्वेच्छिक ढंगले गतिविधि गर्न पूर्णत छुट पाएको देखिदैन । दैनिक ज्याला मजदुरी गरि दैनिक हाथ मुख जोडने अवस्था रहेकोले पनि आफ्ना समुदायको समृधी अभियानमा बढी समय खर्चिदा आफु संगै सिङ्गो  परिवार आभवमा पर्ने खतरा रहेकोले पनि सम्बन्धितको  गतिविधिमा दरो उपस्थितको अपेक्षा पुरा नहुनु एक प्रमुख कारण हो ।

बिगारिएकाे स्वभाव
दलित समुदायको विभिन्न मुद्दा उठाएर हाम्रो मुलुकमा कृयाशिल रहेका गैरसरकारी संस्थाहरुले यो समुदायको जीवनमा अत्याधिक सकारात्मक सुधार ल्याए पनि केही बिकृतिहरु पनि भित्रियाएका छ्न् । विभिन्न गैर सरकरी संस्थाहरुद्वारा आयोजना हुने दलित  समुदायसंग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा सहभागीहरुको लागि उपलब्ध गराइने खाजा र भाताले यो समुदायमा गलत स्वभावको बिकास गराइदिएको छ । परिणाम स्वरुप आफैसंग भएका बिभेदका घटनाहरुमा पनि आयोजना गरिने संघर्षका कार्यक्रमहरुमा समेत सोही बमोजिमको अपेक्षाका कारण पनि कतिपय  संघर्षहरुले मुर्त रुप लिन सकिरहेका छैन्न ।

अवसर नपाउदा निराशा
अत्यन्तै जटिल रहेको दलितमुक्ती आन्दोलनलाई आगाडि बढाउदै सिङ्गो नेपाली समाजलाई सुन्दर बनाउने सपना देखेका योग्य दलित अगुवाहरुले अवसर नपाउँदा बेला बखत निराश हुँदै बिच बाटेामै मोर्चा छोडने गरेको कारण पनि दलितमुक्ती आन्दोलन खुम्चिएको हो । खास गरि विभिन्न दलको दलित मोर्चाहरुमा आबद्ध भई दलित समुदायलाई  संगठित गर्दै जीवन नै समर्पित गरेका योग्य दलित अगुवाहरुलाई  कामको बालमा स्थापित हुन नदिई आफ्ना आसेपासेहरुलाई  काखी च्यपी त्यस्ताहरुलाई नै ती दलका नेताहरुले विभिन्न राजनितीक अवसर दिने गरेको कारण  निराश भई योग्यहरु राजनितीबाट पलायन हुने र मुक्तिकामी आन्दोलन कमजोर हुने गरेकोमा पनि यहाँका राजनितिक अगुवाहरु नै दोषी भए पनि त्यसको सम्पूर्ण कुप्रभाव मुक्तिकामी दलित आन्दोलन माथी परेको छ ।

स्वतन्त्रत सयुक्त दलित मोर्चाको आवश्यकता
चर्चा प्राप्त गरेका माथी उल्लेखित तमाम घटनाहरुमा राज्य सयन्त्र स्वयं दोषी उम्काउन पहलकदमी लिनु मुलुकको सिङ्गो दलित समुदाय माथिको प्रहार हो । यसरी यस समुदायमाथी चौतर्फी प्रहार हुनु र बिगतको भन्दा दलित आन्दोलनको आकार खुम्चिनु  दलित समुदायको भबिस्यको लागि सुखद संकेत होइन । यस अवस्थामा बिभाजित र कमजोर आन्दोलनले यस समुदायको समृद्धिको अभियानलाई  कमजोर बनाउने भएकोले समयमै सचेत भई दलियहित भन्दा माथी उठेर सबैको प्रतिनिधित्व हुने गरि देश ब्यापी साझा दलित मोर्चा बनाएर आगाडि बढनुको बिकल्प देखिदैन । जोकोई दलित अगुवाहरु साचो अर्थमा दलित समुदायको मुक्तीलाई मुल दाइत्व बानाएको हो भने यो कार्यमा अबिलम्ब पहलकदमी लिनु आवश्यक छ ।

९ महिलासहित ३० जनाद्वारा रक्तदान

0
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ४ पसरामपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
 
नेपाल रेडक्रस साेसाइटी बिरुवागुठी उपशाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा ९ महिलासहित ३० जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए ।
 
रेडक्रस सोसाइटी बिरुवा गुठि उप शाखाका सभापति मोहम्मद जिकुरलाहाकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा नेतृत्वकाे प्राविधिकहरुकाे ‍टाेलीले प्राविधिक सहयाेग गरेकाे थियाे । 
 
रक्तसञ्चार सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

घर बिहिन नबनाउँन सखुवनियाकाे सुकुम्बासीकाे आग्रह, व्यवस्थापन गर्न माग

0

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सखुवनियाकाे सुकुम्बासीहरुले आफूहरुकाे उचित व्यवस्थापन गरेर मात्र बनजंगलकाे जग्गा खाली गराउन माग गरेका छन् ।

सखुवनियाकाे शान्ति टोल र टाडी टोलमा २०३६ साल देखि नै वनजंगलको ६० विघा जग्गा मध्ये केहि जग्गामा घर टहरा, गोठ, खेतीवारी गरी दर्जनाै परिवार बस्दै आएका छन् ।

डिभिजन वन कार्यालय पर्साले आर्थिक बर्ष २०७७/०७८ को राष्ट्रिय वन संरक्षण नीति कार्यक्रम अन्तरर्गत अतिक्रमित बन जंगल खाली गराई तारबार लगाई विभिन्न वोट विरुवा रोप्ने काम शुरु गरेको छ । वन कार्यालयले जंगल फडानी गरी बनाईएको घर टहरा समेत भत्काउँन सूचना समेत जारी गरेको छ ।

तर सुकुम्वासीको रुपमा जंगल भित्र बसोबास गर्दै आएका स्थानियले बिहिबार पत्रकार सम्मेलन गर्दै आफूहरुको उचित व्यवस्थापन नै नगरी बनाईएको घर टहरा हटाउँन लागेको आरोप लगाएका छन् ।

भुमिहिन सुकुम्बासी शान्तिटोल संघर्ष समितिका अध्यक्ष राजकुमार स्याङ्गतानले विगत ४२ बर्षदेखि बाढी पिडित भएर बसोबास गर्दै आएकाे आफुहरुलाई बन कार्यालयले तारबार लगाएर घेराभित्र राखेको आरोप लगाए । उनले लामाे समयदेखी बस्दै आएकाे सुकुम्बासीहरुकाे व्यवस्थापन विना नै वन कार्यालय जग्गा खाली गराउन लगेकाेमा आपती जनाउँदै व्यवस्थापन गर्न माग गरे ।

लामो समयदेखि आफूहरु यही बस्दै आएको र अहिले आएर वन कार्यालयले वृक्षारोपणको नाममा तारबार लगाएर घेरा लगाइरहेकोले आफूहरु बेघर हुने चिन्ताले सताएको स्थानीय महिला हटनी देबी चाैधरीले वताइन ।

सहाराको नाममा यही जग्गा मात्रै रहेको भन्दै उनले यसको विकल्पमा सरकारले केही जग्गा उपलब्ध गराइदिए आफूहरुको जीवन यापनमा सहजता हुने उनले बताइन् । अहिले सरकारले बस्ती खाली गराउन भन्दैछ, यस अवस्थामा आफूहरु कहाँ जाने ? बालबच्चालाई कसरी पालन पोष्ण गर्ने भन्ने चिन्ताले सताएको गुनासो पोखिन् ।

उनले भनिन् न त आफनो निजि जग्गा छ, न खेतीपाती गरी खाने खेत नै छ, दुई छाक टार्नको लागि खेत खनजोत गर्दै आएको जग्गा समेत वन कार्यालयले आफनो कब्जामा लिएकाे छ ।

अहिले बसोबास गर्दै आएको घर समेत हटाउँने धम्की दिईरहेको छ, उनले भनिन् अब हामी कहाँ गएर बसौ र के खाउँ, खेतीको लागि केहि जग्गा दिने आश्वासन दिएपनि नदिएको उल्टै घर खाली गर्ने चेतावनी दिएकाे छ, हाम्रो गाँसबाँस कपासको राज्यले उचित व्यवस्थापन गर्नु पर्छ होईन भने, हामी आफनो ज्यान समेत दिन तयार छौ तर घर छाडदैनौं ।

वनको जग्गामा बसेका सुकुम्बासीहरुले जग्गा अतिक्रमणमा मात्रै नगरी वनको संरक्षण पनि गर्ने गरेको उनीहरुको दाबी छ । वन-जंगलमा बस्ने सुकुम्बासी समुदायका परिवारहरुले वनको संरक्षण गर्ने गरेका छन् तर अहिले वनको अतिक्रमित जग्गा खाली गराउने अभियानमा लागि परेको वनका कर्मचारीहरुको मिलोमतोमा नै वनको फडानी तथा वनजंगलको विनाश हुने गरेको स्थानीय समाजसेवी बासुदेव महतो थारुले बताए ।

उनका अनुसार दशौंकौदेखि बस्दै आएका सुकुम्बासी परिवारलाई विस्थापित गर्न खोजिएकाे छ ।

सुकुम्बासी समस्याको समाधान गर्न नेपाल सरकारको जिम्मा रहेको हुनाले समस्या समाधान नभएसम्म हकभोग गर्दै आएका जग्गामा कुनै किसिमको अवरोध हुनु हुँदैन भन्दै समाजसेवी थारुले मासिएको वनमा बसेका सुकुम्बासीलाई नेपाल सरकारले समाधान निकालेर मात्रै जग्गा खाली गराउनुपर्ने उनको भनाई छ ।

अखिल नेपाल सुकुम्वासी संघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश २ का अध्यक्ष सागर कुशवाहाले डिभिजन वन कार्यालयका प्रमुखले बर्षो देखि बसोबास गर्दै आएको गरिब जनताको घरजग्गा खाली गराएर न्यायमाथि अन्याय गरेर बल प्रयोग गरेको आरोप लगाए ।

राज्यले नै १० बर्ष भोगको आधारमा लालपुर्जा दिने, भुमि ऐन ल्याएर सुकुम्वासी समस्या समाधान गर्न भुमि आयोग गठन गर्ने अनि एकतर्फ ४२ साल देखि बसोबास गर्दै आएको भुमिहिनलाई उठिबास लगाउँने यो कस्तो कानुन हो उनले भने, राज्यले उपलब्ध गराएको बजेट सिध्याउनको लागि मात्र तारबार लगाउँने काम गरेको छ, जनताले यसलाई उखालेर नै फाल्छ ।

सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले सुकुम्वासीको घर जग्गा खाली गराएर वन कार्यालयले अमानविय काम गरेको बताए । प्रमुख जिल्ला अधिकारी लगायतका सम्बन्धीत व्यक्तिलाई बर्षायामको बेलामा घर जग्गा खाली नगराउँन बारम्बार आग्रह गर्दा समेत उहाँहरुले नमानेको उनले बताए ।

राणाकाल जस्तै बन्धुकको नोकमा खाली गराउँन खोजेका छन, उनले भने, बनजंगल जोगाउँने हाम्रो पनि अधिकार छ, तर एक्कासी डर त्रास देखाएर खाली गराउँनु अमानविय हो, गाउँपालिकाको छुटै अधिकार छ आफनो नागरिकको गाँस, बाँस र कपासको व्यवस्पाथन गर्न हामी त्यसमा लागेका छौ, कम्तीमा ६ महिनाको लागि भएपनि घर जग्गा नहटाउँन आग्रह गरे ।

वन कार्यालयले आर्थिक बर्ष २०७७/०७८ राष्ट्रिय वन संरक्षण नीति कार्यक्रम अन्तरर्गत गाउँपालिकाको वडा नम्बर १ को सब डिभिजन वन कार्यालय मानवाको मातहातमा परेको अतिक्रमित ६० हेक्टर अर्थात ९० विघा भन्दा बढी जग्गा वन कार्यालयले पुन आफनो नियन्त्रणमा लिई तारवार र वृक्षारोपन कार्यक्रम शुरु गरेपछि विवाद उत्पन्न भएको हो ।