[real3dflipbook id=”140″]
बाराबाट हात्तीको दारासहित ३ जना पक्राउ
वीरगंज । बारा प्रहरीले हात्तीकाे दारासहित ३ जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिकाकाे वडा नं. ११ रतनपुरका ३४ बर्षिय सुर्य प्रसाद तामाङ, ३५ बर्षिय दिल बहादुर घलान र मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा न.१३ पदमपोखरीका ३५ बर्षिय सुवास तामाङलाई पक्राउ गरेकाे हाे ।
जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं.२२ स्थित पुर्व पश्चिम लोकमार्गको २ नं. पुल नजिक जर्गा होटल अगाडिबाट साेमबार सांझ ६:३० बजे तिनै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।
बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ५० प १२२७ न.को कालो रातो रङको २२० सिसिको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटरसाइकलको पछाडी सवार सुर्य प्रसाद तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४४० ग्राम वजन भएको हात्तीको दारा फेला परेको उनले जानकारी दिए ।
बरामद भएको समानसहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि पर्सा राष्टिय निकुञ्ज कार्यालय आधाभार बारामा पठाइएको प्रवक्ता मिश्रले वताए ।
सामाजिक अभियान्त भेन्टिलेटरमा, रकम अभावले उपचारमा समस्या
वीरगंज । निस्वार्थ भावनाले अरुको उपचारमा पहल गर्ने र सहयोग गर्ने सामाजिक अभियान्ता अहिले आफै सिकिस्त भएर भेन्टिलेटरमा रहेको र रकम अभावले उपचारमा समस्या भईरहेको समाचार प्राप्त भएकाे छ ।
वीरगञ्जको नेश्नल मेडिकल क्लेजमा उपचारको क्रममा रहेकी ६८ वर्षिया समाजिक अभियन्ता बिन्दुदेवी धिमिरे थला पर्नु भएको छ । सुमार्ग सामाजिक संस्था काठमाण्डौको आयोजनमा बिभिन्न स्वास्थ्य शिबिरको आयोजन गरी धेरैलाई स्वस्थ्य बनाएकी बिन्दुको दुबै मृगौला बिग्रीएको छ । मृगौला दिन चाहेकी उनकी छोरी प्रतिभा कोईराला रकम अभावले प्रत्यारोपनमा समस्या भएको बताएकी छन् ।
आफु संग भएको सम्पत्ति आमाको उपचारमा लगाएको र अन्तिम सास सम्म आमाको सेवा रहने मन भए पनि हाल अवस्था निकै नाजुक भएको कोईरालाको भनाई छ ।
उनले संचारर्मीहरुसंग कुरा गर्दै भनिन “आमा करिब डेढ दसक अगाडि सम्म स्वस्थ्य हुँदा बिभिन्न समामाजिक अभियानहुरु संचालन गर्नु भयाे । आमा बचाउ अभियान, बाल बालिका उद्धार अभियान, आखाँ शिबिर, दन्त उपचार शिबिर, सरसफाई अभियान लगायत अन्य थुप्रै अभियानमा सक्रिय भएर वँहाको भुमिका थियो ।”
तर हाल आएर आमा आफै बिरामी परेको र उपचार अभावमा ज्यान बचाउन नसक्दा अत्यन्तै पिडा भएको उनले वताइन ।
आमाको उपचारमा वीरगञ्ज लगायत सबै ठाउँबाट सहयोग गरिदिनु हुन मंगलबार वीरगञ्जको प्रिष्टन क्लेजमा संचारकर्मीहरु संग अपिल गर्नु हुदै उनले आमाको नेपाल बैकको लिमिटेड श्रीपुर वीरगञ्जमा रहेको खाता नं. ०४९१०२०६६१६६८३०००००१ मा ईच्छुक परोपकारी मन भएका दाताहरुले रकम जम्मा गराई दिनु हुन अनुरोध समेत गरिन ।
संचारकर्मीहरुसंगै उनकाे स्वास्थ्य अवस्था बुझ्न सामाजिक अभियन्ता प्रकाश थारु, क्लेजका संचालक ईन्जिनियर बिनोद यादव, पब्लिक एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंह पनि पुगेका थिए ।
खैराे हिराेइनसहित पक्राउ परेकाहरुलाई पाेखरियाबाट वीरगंज ल्याइयाे
वीरगंज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सहित ३ जना ७९ ग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ परेसँगै यो घटनाले २ साता यता पर्सामा चर्चा पाएको छ ।
पक्राउ परेका अभियुक्तलाई छुटाउन ईलाका प्रहरी कार्यालय पोखरीयामा राजनीतिक दलका नेताहरुले दबाव दिनुका साथै ठुलै चलखेल भएपछि मंगलबार साँझ अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याइएको छ ।
पक्राउ परेका अभियुक्तलाई छोडाउन लगातारको दवाव थेग्न नसकेपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट वडाध्यक्ष अम्बिका सहनी सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
अभियुक्तहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको खनालले बताए ।
खैरो हिरोईन काण्डमा वडा अध्यक्ष अम्बिका सहनी सहित बलिस्टर सहनी र रामअदेश सहनीलाई पक्राउ गरिएको थियो । वडा अध्यक्ष सहनीले सरकारी मोटरसाईल प्रयोग गरी खैरो हिरोईनको कारोबारमा संलग्न भएको बेला प्रहरीले साउन ३ गते रातिमा रङ्गेहत पक्राउ गरेको थियो ।
लागु औषध गाँजासहित माझी पक्राउ
वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको एम्बुसिङग टोलीले पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ४ निवासी ६५ बर्षिय बासुदेव माझीलाई पक्राउ गरेकाे हाे ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा खटिएकाे प्रहरी टाेलीले मंगलबार विहान ०३:०० बजे पटेर्वासुगौली गाउँपालिका वडा नं.४ स्थित पोखरीको डिलबाट माझीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
माझीले बोकी आइरहेकाे २ वटा सेतो प्लाष्टिकको बोराहरु भित्र लागु औषध गाँजा २७ के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।
माझीलाई गाँजासहित जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।
वीरगंजमा ‘चाइल्ड हब नेपाल’ गठन
वीरगंज । बालबालिका तथा किशोर किशोरीको क्षेत्रमा काम गर्ने अभिप्रायले वीरगंजमा चाइल्ड हब नेपाल नामक संस्था गठन गरिएको छ ।
मुनाफारहित, जनहितकारी एवम् बालबालिका तथा किशोरकिशोरी लक्षित गैरराजनीतिक सामाजिक संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यले चाइल्ड हब नेपाल नामक गैर सरकारी संस्थाकाे गठन गरिएकाे हाे ।
३ वर्षको कार्यकाल हुनेगरी आमिर हवारीको अध्यक्षतामा संस्थाकाे ९ सदस्यीय कार्य समिति समेत गठन गरिएकाे छ । जुन समितिको उपाध्यक्षमा रबिन्द्र कुमार ठाकुर, महासचिवमा जया साह, सहसचिवमा अनिता गिरी, कोषाध्यक्षमा श्वेता क्षेत्री, सदस्यमा जय यादव, विकास कुमार साह, दिपेन्द्र कुमार गुप्ता र सूर्यनारायण वि.क. रहेका छन ।
विगतमा बाल क्लब लगायतका विभिन्न सामाजिक संघ संस्थामा काम गरेर अनुभव बटुलिसकेका युवाहरुको एकतामा समाजमा विद्यमान सामाजिक कुरितीहरुको विरुद्धमा सचेतना फैलाउनुका साथै मुख्यतयाः लैङ्गिक समानता, बाल संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको उद्देश्य रहेको छ ।
वीरगञ्जस्थित कुमु प्यालेसमा एक कार्यक्रमका बिच गठित संस्थाका अध्यक्ष हवारीले सबै क्षेत्रका युवाहरुको प्रयासले परिवर्तन सम्भव हुने धारणा राखे । उनले पद र नामभन्दा पनि कामलाई प्राथमिकता दिन नवगठित पदाधिकारी र सदस्यहरुलाई आग्रह गर्दै सबैको सहकार्य र समन्वयसँगै संस्थालाई स्थापित गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी महासचिब साहले वीरगञ्ज मात्रै नभएर पर्सा जिल्लामै बालबालिकाको क्षेत्रमा काम गर्न स्थानीय संस्था नहुँदा अपेक्षाअनुसारको काम गर्न नसकेको स्विकार गर्दै अब चाइल्ड हब नेपालमार्फत बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गरे ।
चाइल्ड हब नेपाल स्थापना गर्ने आफ्नो सपनाले सार्थकता पाएकोमा महासचिब साहले खुशी व्यक्त गर्दै स्थानीय तहसहितका सामाजिक संघ संस्थाहरुसँग पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
नवगठित संस्थाकी कोषाध्यक्ष क्षेत्रीले समाजमा व्याप्त दाइजो प्रथा तथा बालविवाहको विरुद्धमा सबैलाई जागरुप बनाउनुका साथै बालबालिका एवम् किशोर किशोरीको क्षमता अभिबृद्धि र व्यक्तित्व विकासका निम्ती संस्था सदैव तत्पर रहने बताईन् ।
संस्था गठनपश्चात मंगलवार नै संस्थाका अध्यक्ष हवारीको अध्यक्षतामा बसेको पहिलो बैठकले संस्था दर्ता, साधारण सभा र संस्थाको विद्यान निर्माण सम्बन्धमा छलफल गरेको थियो ।
दिव्य यूवा क्लवद्वारा गरिब र दलित छात्राहरुलाई छात्रावृत्ति वितरण
वीरगंज । दिव्य यूवा क्लवले पर्साकाे पटेर्वा सुगौली गाउँपालीका वडा न. ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौलीमा दलित, गरीव तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गरेको छ ।
एक्सन एड नेपाल तथा दिब्य युवा क्लब पर्साकोे साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्र अन्तरगत दलित समुदायलाई केन्द्रीत गरी छात्रवृत्ति वितरण गरिएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले वताए ।
छात्रावृत्तिमा हरेक वडाका ४/४ जना गरी २० जनालाई रु. दश हजारका दरले छात्रावृत्ति प्रदान गरिएको उनले जानकारी दिए । सो छात्रावृत्ति सहयोगको लागि छात्राहरुको छनौटको लागि सूचना प्रकाशन गरि ७६ वटा निबेदन दर्ता भएको थियो । त्यस मध्ये दलित १२ जना र अन्य गरीव ८ जनालाई एस.सी.ई्.काे अंकको आधारमा, सम्बन्धित वडाको सिफारिस तथा अध्यनरत विद्यालयको सिफारिसको आधारमा छनौट गरिएको थियो ।
पढाईमा अब्बल हुँदाहुँदै पनि परिवारको आर्थिक अवस्थाका कारण कतिपय छात्राहरुले आफ्नो अध्ययनलाई बीचमा नै छोड्न पर्ने बाध्यता अहिले पनि धेरै समुदायमा देखिने गरेको छ । हुन त विद्यालयहरुमा पनि छात्रावृत्तिको कार्यक्रमहरु रहेका हुन्छन तर उच्च शिक्षाको लागि त्यस्ता छात्रावृत्ति पाउने दलित, गरीव तथा लक्षित समुदायका बालबालिका निकै कम रहेका देखिन्छन् ।
छात्रावृत्ति वितरण गर्नुको उद्देश्य स्थानीय गरीव, दलित समुदायबाट आफ्नो अध्ययनलाई निरन्तरता दिने ईच्छा भएका जेहेन्दार विद्याथीहरुलाई अध्ययनमा बाधा नपुगोस् र उनीहरुले शैक्षिक रुपमा सक्षम भई परिवारको आर्थिक समस्यामा सहयोग गर्न सकुन् भन्ने रहेकाे निर्देशक कुर्मीले जनाए ।
यस्ता कार्यक्रमहरुले अन्य विपन्न तथा दलित छात्राहरुलाई हौसला समेत प्रदान गर्ने विश्वास रहेको कुर्मीले बताए ।
छात्रावृत्ति वितरण कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह, दिब्य युवा क्लबका सुनिल कुमार भारती, छात्राहरुको अभिभावक लगायतकाे उपस्थिति रहेको थियो ।
शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै
बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफीको मामलमा प्रहरी हिरासतमा छन् । भारतमा पोर्न चलचित्र छायांकन गरेर एपबाट प्रशारण गरेको आरोपमा राज पक्राउ परेका हुन् । उनीमाथि अहिले प्रहरीले छानबिन गरिरहेको छ ।
राज पक्राउ परेपछि यसको सिधा असर शिल्पाको करिअरमा पनि परेको छ । उनी, ‘सुपर डान्सर ४’ को निर्णायक थिइन् । यो लोकप्रिय रियालिटी शोमा शिल्पा राज पक्राउ परेपछि उपस्थित भएकी छैनन् ।
शिल्पा अझै केही साता यो शोमा सहभागी नहुने भारतीय मिडियाले उल्लेख गरेका छन् । शिल्पा शोमा उपस्थित हुन नसक्ने भएपछि अब शोका निर्माताले नयाँ निर्णायक तय गरेका छन् ।
मिडियाका अनुसार, शोको निर्णायकमा नायक रितेश देशमुख र नायिका जेनेलिया डिसुजालाई अनुवन्धित गरिएको छ । उनीहरु, अतिथी निर्णायकको रुपमा कार्यक्रममा सहभागी हुने छन् । यो शोमा गीता कपूर र अनुराग बासु मुख्य निर्णायकको रुपमा छन् ।
जेनेलिया र रितेशले एकसाथ शोमा निर्णायकको रुपमा उपस्थित हुने इच्छा व्यक्त गरेपछि शोका निर्माताले पनि दुबैलाई अतिथी निर्णायकको रुपमा राख्न राजी भएका हुन् ।
यो शोमा मुख्य निर्णायकको रुपमा रहेकी शिल्पालाई दर्शकले निकै रुचाएका थिए । शिल्पा शोबाट टाढा रहँदा उनका फ्यान भने पक्कै निराश हुनेछन् ।
स्वार्थ सिद्धका लागि जनमानसमा भ्रम सृजना गर्न खाेजियाे : मेयर यादव
वीरगंज । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले केही व्यक्तिले आफ्नो निहित स्वार्थका लागि नगरपालिकालाई बदनाम गराएको बताएका छन् ।
केही दिन अघि विभिन्न मिडियामा पर्सागढी नगरपालिकाको विषयलाई लिएर आएको समाचारको खण्डन गर्दै मेयर यादवले केही व्यक्तिले आफ्नो निहित स्वार्थमा रहेर मिडियामा समाचार लेख्न लगाएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । पत्रकार सम्मेलनकाे आयाेजना गर्दै मेयर यादवले नगरपालिकालाई बदनाम गर्न जनमानसमा भ्रम सृजना गर्ने बिपक्षिले राजनैतिक स्वार्थ सिद्ध गर्न खाेजेकाे आराेप लगाएका हुन् ।
आ.ब.०७८/०७९ को पाँचौ नगर सभा सम्बन्धमा कुरा राख्दै मेयर यादवले स्थानिय सरकार संचालन ऐन २०७४ तथा नगरपालिकाको नगर सभा संचालन सम्बन्धि बिधेयक २०७८ बमोजिम नगर सभा संचालन भएकाे वताए ।
उनले नगर सभा संचालनका लागि कुनै थप परामर्शदाता सेवामा नलिईएको वताउँदै बिगत बर्ष झै थप परिस्कृत ढङ्गबाट नियमाअनुसार बहुमतको आधाररमा पाँचौ नगर सभा भए भएकाे जनाए ।
उक्ता सभामा नगर सभा सदस्य संख्या ५० जना मध्ये ४५ जना सहभागि भएकाे र ४५ जनाले नै हस्ताक्षर समेत गरेकाे उनले वताए । यस सम्बन्धमा केही समय पहिला उप मेयर अर्चना चाैधरीद्वारा गरिएकाे पत्रकार सम्मेललन आबेशमा आई र बहकावामा परी कुन्ठित सोचका कारण गरेकी वताए ।
लेखा अधिकृत राम कुमार कुशवाहको सरूवा माग गरे अनुसार संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेकाे वताउँदै मेयर यादवले रातारात सरुवा भएकाे समाचार निराधार भएकाे वताए ।
मेयर यादवले आर्थिक बर्षको अन्त्यमा आई २०७८ जेष्ठ २ गतेका दिन तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शालिक राम ढकालल बाट १ महिने घरबिदा सहित अन्य बेवस्था गरी कार्यालय संचालन गर्नुहुन भनि नगर प्रमुख समक्ष निबेदन पेश भए बमोजिम बैकल्पिक बेवस्थाा गर्न बाध्य भई कार्यपालिकाको निर्णयअनुसार मन्त्रालय नगरपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृतमा भरत प्रसाद यादवलाई जिम्मेवारी दिएकाे वताए ।
अस्थाई कोभिड अस्पताल तथा मिनि आईसुलेशन संचालन तथा भुक्तानि सम्बन्धमा कुरा राख्दै नगरपालिकाका प्रवक्ता किशुनदेव प्रसाद यादवले कोभिड १९ बाट जनताको जिवनरक्षा पालिकाको प्रथम प्राथमिकता रहेको र सोहि क्रममा उपयुक्त ब्यस्थापनका लागि अस्थाई कोभिड अस्पताल होटल साह दरबार वीरगंज तथा मिनि आईशुलेशन होटल कुमु प्यालेश वीरगंजमा नियमाअनुसार संचालन गरी नगरबासिलाई उक्त स्थानहरुबाट नि–शुल्क सेवा प्रदान गरिएको वताए ।
साे सम्बन्धमा हाल सम्म कुनै भुक्तानि नभएको र यस गम्भिर बिषयमा नगरकार्यपालिकाको बैठकको निर्णयलाई समेत तत्कालिन निज जिम्मेवार कर्मचारीहरुबाट बेवास्था गर्दै नियतबस गलत मनसायका कारण यो अवस्था सृजना गराईएको उनकाे भनाई थियाे ।
नियमाअनुसारका कार्यालयबाट सुचना प्रदान गरिदै आएको समेत प्रवक्ता यादवले वताए । आर्थिक बर्ष अन्त समयमा आई कार्यालयलाई दबावपुर्ण शैलिमा नगर बिकासकाे गतिबिधिलाई प्रभाबित गर्ने उदेश्यका साथ माग गरिएका पछिल्ला सुचनाको हकमा नियमानुसार सुचना प्रदान गर्ने सहमति भएको उनले जानकारी गराए ।
नगरपालिकाकाे वडा नं. ८ हरपुरमा रहेकाे नगर सभा बैठक कक्षमा भएकाे पत्रकार सम्मेलनमा निमित प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादव, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन मेयर यदावकाे सचिवालय प्रमुख गिरि राज कडेलले गरेका थिए ।












