Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा रक्तसंचार सेवा भवनको शिलान्यास 

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३ वीर्तास्थित मालपोत चोकमा रक्त सञ्चार केन्द्रको आधुनिक भवन निर्माण हुने भएको छ । निर्माण हुने भवनकाे शनिबार वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले शिलान्यास गरेका छन् ।
 
भवनकाे शिलान्यास गर्दै मेयर सरावगीले रक्तसञ्चार केन्द्रलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पाउँदा सबैभन्दा पुण्यको काम भएको महशुस गरेको बताए । उनले रक्त मानवीय जीवनको लागि अतिआवश्यक तत्व भएको र मानवियताको दृष्टिकोणबाट पनि सबैभन्दा पूण्यको काम भएकोले महानगरपालिकाकाको १६२ जना कार्यपालिका सदस्यहरुको बैठकबाट निर्णय गरेर जग्गा उपलब्ध गराएको बताए ।
 
उनले जग्गा उपलब्ध गराउन साथ दिनुहुने १६२ जना कार्यपालिका सदस्य तथा महानगरवासीलाई धन्यवाद समेत दिए । रक्त सञ्चार केन्द्रकाे भवन निर्माणका लागि महानगरपालिकाले थप २५ लाख बजेट छुट्याएको मेयर सरावगीले जानकारी दिए ।
 
त्यस्तै भवनको एउटा कोठा आफ्नो स्व.पिताको नाममा निर्माण गरिदिने उनले घोषणा समेत गरे । उनले बाँकी रकम आवश्यकता अनुसार थप्ने प्रयास गर्ने र अन्य दाताहरुलाई पनि सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 
महानगरपालिकाले उपलब्ध गराएको जग्गामा रक्त संचार केन्द्रले पाँच तल्ले अत्याधुनिक भवन निर्माण गर्न लागेकाे हो । भवन निर्माणको लागत साढे चार करोड अनुमान गरिएको रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलले जानकारी दिए ।
 
उनका अनुसार भवन निर्माणका लागि आवश्यक आर्थिक स्रोत मध्य १० लाख सूर्य नेपालले र महानगरपालिकाले छुट्याएको २५ लाख बाहेक अन्य रकम भने जुटाउनुपर्ने छ ।
 
नेपाल रेडक्रस सोसाइटी केन्द्रले पनि केही रकम सहयोग गर्ने आश्वासन दिएको बताउँदै कडेँलले प्रदेश सरकार र अन्य दाताहरुबाट पनि आर्थिक सहयोग आउने अपेक्षा रहेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड अनुसार नै निर्माण गरिने भवनमा रक्तसञ्चार केन्द्रलाई आवश्यक सुविधाहरु सहित पार्किङको समेत व्यावस्था रहने छ ।
 
रेडक्रस पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल रेडक्रस सोसाईटी प्रदेश २ का अध्यक्ष फुलमहमम्द मियाँ, पर्साकी उपसभापति मधु राणा, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल थापा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन मन्त्री शैलेन्द्र कुमार चौरासीयाले गरेका थिए ।
 
७ जनाले गरे रक्तदान
 
रक्तसञ्चार सेवा दिवसको अवसरमा रक्त संचार केन्द्रकाे भवन निर्माण हुने स्थल मै रक्तदान कार्यक्रम समेत सम्पन्न भएकाे छ । रक्त संचार केन्द्र कै आयाेजनामा भएकाे कार्यक्रममा ७ जनाले रक्तदान गरेका हुन् ।
 
कार्यक्रममा रेडक्रस पर्साका मन्त्री शैलेन्द्र चौरसिया, रक्त संचार केन्द्र वीरगंजका प्रमुख शाैरभ राज पाण्डे, कार्यक्रम अधिकृत उमेश मिश्र, सशस्त्र प्रहरी सुनिल प्रसाद कुर्मी, श्याम बहादुर गुरुङ, देबेन्द्र राज भण्डारी, अभिषेक सिंहले रक्तदान गरेकाे रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...