Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

स्वः बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीरगंजकी कुँवर पुरस्कृत

spot_img
spot_img

वीरगञ्ज ।  स्वः बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीरगंजकी समाचार वाचीका अनिता कुँवर सम्मानित भएकी छन् । 

कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले रु १५ हजार राशिको सो पुरस्कार कुँवरलाई प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री शर्माले महिला पत्रकारको हितको लागि कुनै कसर बाँकी नराख्ने गरी लागि पर्ने बताए । 

उनले पत्रकारहरूको जोखिमपूर्ण कामलाई देखेरै डेढ दशकअघि निजी खर्चमा दुर्घटना बीमा गराए पनि सोलाई निरन्तरता दिन नसक्दा दुःख लागेको बताए । उनले पत्रकारको लागि सदैव राम्रो गरूँ भन्ने सोच राखेर काम गर्दा केही पत्रकारको छुद्रताका कारण आफ्नो सो प्रयासमा बाधा पुग्ने गरेको बताए ।

उनले पत्रकारको हितको पक्षमा प्रदेश सरकार रहेको र प्रदेश भरिका एफएम एवं पत्रपत्रिकाको कार्यालयलाई बिद्युत् महसुल मुक्त गराउने योजना ल्याउने पनि बताए ।

बिन्दुदेवी प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारी अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, प्रदेश नं २ का सचिव श्याम बन्जारा, बीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्धिबेदी लगायतले आ—आफ्नो धारणा राखेका थिए । 

वीरगंज लिंक राेडस्थित हाेटल कुमु प्यालेसमा भएकाे कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...