Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

स्वः बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीरगंजकी कुँवर पुरस्कृत

spot_img
spot_img

वीरगञ्ज ।  स्वः बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीरगंजकी समाचार वाचीका अनिता कुँवर सम्मानित भएकी छन् । 

कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले रु १५ हजार राशिको सो पुरस्कार कुँवरलाई प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री शर्माले महिला पत्रकारको हितको लागि कुनै कसर बाँकी नराख्ने गरी लागि पर्ने बताए । 

उनले पत्रकारहरूको जोखिमपूर्ण कामलाई देखेरै डेढ दशकअघि निजी खर्चमा दुर्घटना बीमा गराए पनि सोलाई निरन्तरता दिन नसक्दा दुःख लागेको बताए । उनले पत्रकारको लागि सदैव राम्रो गरूँ भन्ने सोच राखेर काम गर्दा केही पत्रकारको छुद्रताका कारण आफ्नो सो प्रयासमा बाधा पुग्ने गरेको बताए ।

उनले पत्रकारको हितको पक्षमा प्रदेश सरकार रहेको र प्रदेश भरिका एफएम एवं पत्रपत्रिकाको कार्यालयलाई बिद्युत् महसुल मुक्त गराउने योजना ल्याउने पनि बताए ।

बिन्दुदेवी प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारी अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, प्रदेश नं २ का सचिव श्याम बन्जारा, बीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्धिबेदी लगायतले आ—आफ्नो धारणा राखेका थिए । 

वीरगंज लिंक राेडस्थित हाेटल कुमु प्यालेसमा भएकाे कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...