Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

गुरु पूर्णिमाकाे अवसरमा वीरगंजमा गुरुदक्षिणा उत्सव

spot_img
spot_img

वीरगंज । गुरु पूर्णिमाकाे अवसरमा शनिबार वीरगंजमा गुरुदक्षिणा उत्सव सम्पन्न भएकाे छ । हिन्दु स्वयंसेवक संघ नेपालकाे आयाेजनामा वीरगंजकाे आदर्शनगरस्थित जैन भवनमा भएकाे कार्यक्रमका सहभागिहरुले गुरुदक्षिणा दान गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले नेपालमा हिन्दु धर्म असुरक्षित भएकाे महसुस हुन थालेकाे वताए । विभिन्न प्रलाेभनमा परी धर्म परिवर्तन गर्नेहरुका कारण हिन्दु धर्म असुरक्षित हुन थालेकाे उनकाे भनाई थियाे ।

उनले ज्ञानकाे अभावमा हाम्राे समाज केही व्यक्तिले धर्म परिवर्तन गर्ने गरेका कारण त्यस्ता व्यक्तिलाई बुझाउन जरुरी रहेकाे वताए ।

उनले भने “हाम्राे धर्म र संस्कृतिलाई अगाडी बढाउन हाम्राे कर्तव्य हाे । हामीमा मानव संस्कारकाे कमि भएका कारण शाखाबाट मानव निर्माण गरिन्छ । बर्षमा एक पटक संगठन निर्माणकाे लागि गुरु पूर्णिमाकाे अवसरमा गुरुदक्षिण गर्ने गरिन्छ ।”

संविधनमा हिन्दु राष्ट्र नभए पनि नेपाल हिन्दु राष्ट्र छ र रहन्छ उनकाे भनाई थियाे । उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रति लक्षित गर्दै संस्कारकाे अभावमा मुलुक दु:ख पाएकाे वताउँदै त्याग र कर्तव्यकाे पालना नभएकाे वताए ।

विभाग संघचालक अशाेक बैधले नेपालाई हिन्दु राष्ट्र बनाउन एक भएर लाग्नु पर्ने वताए । उनले नेपाल हिन्दु राष्ट्र हटनुमा हाम्राे संगठनहरु कै कमिकमजाेरी रहेकाे वताउँदै पुन: एक ढिका भएर लाग्नु पर्ने धारणा राखे । 

जिल्ला संघचालक ललन द्विवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाश जी, जनकपुर सम्भाग कार्यवाहक रंजित साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे सहजिकरण जिल्ला कार्यवाहक कृष्णा चाैरसियाले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...