Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बाराबाट हात्तीको दारासहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले हात्तीकाे दारासहित ३ जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिकाकाे वडा नं. ११ रतनपुरका ३४ बर्षिय सुर्य प्रसाद तामाङ, ३५ बर्षिय दिल बहादुर घलान र मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा न.१३ पदमपोखरीका ३५ बर्षिय सुवास तामाङलाई पक्राउ गरेकाे हाे ।

जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं.२२ स्थित पुर्व पश्चिम लोकमार्गको २ नं. पुल नजिक जर्गा होटल अगाडिबाट साेमबार सांझ ६:३० बजे तिनै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ५० प १२२७ न.को कालो रातो रङको २२० सिसिको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटरसाइकलको पछाडी सवार सुर्य प्रसाद तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४४० ग्राम वजन भएको हात्तीको दारा फेला परेको उनले जानकारी दिए ।

बरामद भएको समानसहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि पर्सा राष्टिय निकुञ्ज कार्यालय आधाभार बारामा पठाइएको प्रवक्ता मिश्रले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...