Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बाराबाट हात्तीको दारासहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले हात्तीकाे दारासहित ३ जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिकाकाे वडा नं. ११ रतनपुरका ३४ बर्षिय सुर्य प्रसाद तामाङ, ३५ बर्षिय दिल बहादुर घलान र मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा न.१३ पदमपोखरीका ३५ बर्षिय सुवास तामाङलाई पक्राउ गरेकाे हाे ।

जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं.२२ स्थित पुर्व पश्चिम लोकमार्गको २ नं. पुल नजिक जर्गा होटल अगाडिबाट साेमबार सांझ ६:३० बजे तिनै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ५० प १२२७ न.को कालो रातो रङको २२० सिसिको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटरसाइकलको पछाडी सवार सुर्य प्रसाद तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४४० ग्राम वजन भएको हात्तीको दारा फेला परेको उनले जानकारी दिए ।

बरामद भएको समानसहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि पर्सा राष्टिय निकुञ्ज कार्यालय आधाभार बारामा पठाइएको प्रवक्ता मिश्रले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...