Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

खैराे हिराेइनसहित पक्राउ परेकाहरुलाई पाेखरियाबाट वीरगंज ल्याइयाे

spot_img
spot_img

वीरगंज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सहित ३ जना ७९ ग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ परेसँगै यो घटनाले २ साता यता पर्सामा चर्चा पाएको छ ।

पक्राउ परेका अभियुक्तलाई छुटाउन ईलाका प्रहरी कार्यालय पोखरीयामा राजनीतिक दलका नेताहरुले दबाव दिनुका साथै ठुलै चलखेल भएपछि मंगलबार साँझ अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याइएको छ ।

पक्राउ परेका अभियुक्तलाई छोडाउन लगातारको दवाव थेग्न नसकेपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट वडाध्यक्ष अम्बिका सहनी सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

अभियुक्तहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको खनालले बताए ।

खैरो हिरोईन काण्डमा वडा अध्यक्ष अम्बिका सहनी सहित बलिस्टर सहनी र रामअदेश सहनीलाई पक्राउ गरिएको थियो । वडा अध्यक्ष सहनीले सरकारी मोटरसाईल प्रयोग गरी खैरो हिरोईनको कारोबारमा संलग्न भएको बेला प्रहरीले साउन ३ गते रातिमा रङ्गेहत पक्राउ गरेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय...