Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

खैराे हिराेइनसहित पक्राउ परेकाहरुलाई पाेखरियाबाट वीरगंज ल्याइयाे

spot_img
spot_img

वीरगंज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सहित ३ जना ७९ ग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ परेसँगै यो घटनाले २ साता यता पर्सामा चर्चा पाएको छ ।

पक्राउ परेका अभियुक्तलाई छुटाउन ईलाका प्रहरी कार्यालय पोखरीयामा राजनीतिक दलका नेताहरुले दबाव दिनुका साथै ठुलै चलखेल भएपछि मंगलबार साँझ अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याइएको छ ।

पक्राउ परेका अभियुक्तलाई छोडाउन लगातारको दवाव थेग्न नसकेपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट वडाध्यक्ष अम्बिका सहनी सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

अभियुक्तहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको खनालले बताए ।

खैरो हिरोईन काण्डमा वडा अध्यक्ष अम्बिका सहनी सहित बलिस्टर सहनी र रामअदेश सहनीलाई पक्राउ गरिएको थियो । वडा अध्यक्ष सहनीले सरकारी मोटरसाईल प्रयोग गरी खैरो हिरोईनको कारोबारमा संलग्न भएको बेला प्रहरीले साउन ३ गते रातिमा रङ्गेहत पक्राउ गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...