Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजमा ‘चाइल्ड हब नेपाल’ गठन

spot_img
spot_img

वीरगंज । बालबालिका तथा किशोर किशोरीको क्षेत्रमा काम गर्ने अभिप्रायले वीरगंजमा चाइल्ड हब नेपाल नामक संस्था गठन गरिएको छ ।

मुनाफारहित, जनहितकारी एवम् बालबालिका तथा किशोरकिशोरी लक्षित गैरराजनीतिक सामाजिक संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यले चाइल्ड हब नेपाल नामक गैर सरकारी संस्थाकाे गठन गरिएकाे हाे ।

३ वर्षको कार्यकाल हुनेगरी आमिर हवारीको अध्यक्षतामा संस्थाकाे ९ सदस्यीय कार्य समिति समेत गठन गरिएकाे छ । जुन समितिको उपाध्यक्षमा रबिन्द्र कुमार ठाकुर, महासचिवमा जया साह, सहसचिवमा अनिता गिरी, कोषाध्यक्षमा श्वेता क्षेत्री, सदस्यमा जय यादव, विकास कुमार साह, दिपेन्द्र कुमार गुप्ता र सूर्यनारायण वि.क. रहेका छन ।

विगतमा बाल क्लब लगायतका विभिन्न सामाजिक संघ संस्थामा काम गरेर अनुभव बटुलिसकेका युवाहरुको एकतामा समाजमा विद्यमान सामाजिक कुरितीहरुको विरुद्धमा सचेतना फैलाउनुका साथै मुख्यतयाः लैङ्गिक समानता, बाल संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको उद्देश्य रहेको छ ।

वीरगञ्जस्थित कुमु प्यालेसमा एक कार्यक्रमका बिच गठित संस्थाका अध्यक्ष हवारीले सबै क्षेत्रका युवाहरुको प्रयासले परिवर्तन सम्भव हुने धारणा राखे । उनले पद र नामभन्दा पनि कामलाई प्राथमिकता दिन नवगठित पदाधिकारी र सदस्यहरुलाई आग्रह गर्दै सबैको सहकार्य र समन्वयसँगै संस्थालाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी महासचिब साहले वीरगञ्ज मात्रै नभएर पर्सा जिल्लामै बालबालिकाको क्षेत्रमा काम गर्न स्थानीय संस्था नहुँदा अपेक्षाअनुसारको काम गर्न नसकेको स्विकार गर्दै अब चाइल्ड हब नेपालमार्फत बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गरे ।

चाइल्ड हब नेपाल स्थापना गर्ने आफ्नो सपनाले सार्थकता पाएकोमा महासचिब साहले खुशी व्यक्त गर्दै स्थानीय तहसहितका सामाजिक संघ संस्थाहरुसँग पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

नवगठित संस्थाकी कोषाध्यक्ष क्षेत्रीले समाजमा व्याप्त दाइजो प्रथा तथा बालविवाहको विरुद्धमा सबैलाई जागरुप बनाउनुका साथै बालबालिका एवम् किशोर किशोरीको क्षमता अभिबृद्धि र व्यक्तित्व विकासका निम्ती संस्था सदैव तत्पर रहने बताईन् ।

संस्था गठनपश्चात मंगलवार नै संस्थाका अध्यक्ष हवारीको अध्यक्षतामा बसेको पहिलो बैठकले संस्था दर्ता, साधारण सभा र संस्थाको विद्यान निर्माण सम्बन्धमा छलफल गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...