Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

 लागु औषध गाँजासहित माझी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको एम्बुसिङग टोलीले पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ४ निवासी ६५ बर्षिय बासुदेव माझीलाई पक्राउ गरेकाे हाे ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा खटिएकाे प्रहरी टाेलीले मंगलबार विहान ०३:०० बजे पटेर्वासुगौली गाउँपालिका वडा नं.४ स्थित पोखरीको डिलबाट माझीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

माझीले बोकी आइरहेकाे २ वटा सेतो प्लाष्टिकको बोराहरु भित्र लागु औषध गाँजा २७ के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

माझीलाई गाँजासहित जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...