Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

 लागु औषध गाँजासहित माझी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको एम्बुसिङग टोलीले पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ४ निवासी ६५ बर्षिय बासुदेव माझीलाई पक्राउ गरेकाे हाे ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा खटिएकाे प्रहरी टाेलीले मंगलबार विहान ०३:०० बजे पटेर्वासुगौली गाउँपालिका वडा नं.४ स्थित पोखरीको डिलबाट माझीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

माझीले बोकी आइरहेकाे २ वटा सेतो प्लाष्टिकको बोराहरु भित्र लागु औषध गाँजा २७ के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

माझीलाई गाँजासहित जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय...