Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

सामाजिक अभियान्त भेन्टिलेटरमा, रकम अभावले उपचारमा समस्या

spot_img
spot_img

वीरगंज । निस्वार्थ भावनाले अरुको उपचारमा पहल गर्ने र सहयोग गर्ने सामाजिक अभियान्ता अहिले आफै सिकिस्त भएर भेन्टिलेटरमा रहेको र रकम अभावले उपचारमा समस्या भईरहेको समाचार प्राप्त भएकाे छ ।

वीरगञ्जको नेश्नल मेडिकल क्लेजमा उपचारको क्रममा रहेकी ६८ वर्षिया समाजिक अभियन्ता बिन्दुदेवी धिमिरे थला पर्नु भएको छ । सुमार्ग सामाजिक संस्था काठमाण्डौको आयोजनमा बिभिन्न स्वास्थ्य शिबिरको आयोजन गरी धेरैलाई स्वस्थ्य बनाएकी बिन्दुको दुबै मृगौला बिग्रीएको छ । मृगौला दिन चाहेकी उनकी छोरी प्रतिभा कोईराला रकम अभावले प्रत्यारोपनमा समस्या भएको बताएकी छन् ।

आफु संग भएको सम्पत्ति आमाको उपचारमा लगाएको र अन्तिम सास सम्म आमाको सेवा रहने मन भए पनि हाल अवस्था निकै नाजुक भएको कोईरालाको भनाई छ ।

उनले संचारर्मीहरुसंग कुरा गर्दै भनिन “आमा करिब डेढ दसक अगाडि सम्म स्वस्थ्य हुँदा बिभिन्न समामाजिक अभियानहुरु संचालन गर्नु भयाे । आमा बचाउ अभियान, बाल बालिका उद्धार अभियान, आखाँ शिबिर, दन्त उपचार शिबिर, सरसफाई अभियान लगायत अन्य थुप्रै अभियानमा सक्रिय भएर वँहाको भुमिका थियो ।”

तर हाल आएर आमा आफै बिरामी परेको र उपचार अभावमा ज्यान बचाउन नसक्दा अत्यन्तै पिडा भएको उनले वताइन ।

आमाको उपचारमा वीरगञ्ज लगायत सबै ठाउँबाट सहयोग गरिदिनु हुन मंगलबार वीरगञ्जको प्रिष्टन क्लेजमा संचारकर्मीहरु संग अपिल गर्नु हुदै उनले आमाको नेपाल बैकको लिमिटेड श्रीपुर वीरगञ्जमा रहेको खाता नं. ०४९१०२०६६१६६८३०००००१ मा ईच्छुक परोपकारी मन भएका दाताहरुले रकम जम्मा गराई दिनु हुन अनुरोध समेत गरिन ।

संचारकर्मीहरुसंगै उनकाे स्वास्थ्य अवस्था बुझ्न सामाजिक अभियन्ता प्रकाश थारु, क्लेजका संचालक ईन्जिनियर बिनोद यादव, पब्लिक एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंह पनि पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...