Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

सामाजिक अभियान्त भेन्टिलेटरमा, रकम अभावले उपचारमा समस्या

spot_img
spot_img

वीरगंज । निस्वार्थ भावनाले अरुको उपचारमा पहल गर्ने र सहयोग गर्ने सामाजिक अभियान्ता अहिले आफै सिकिस्त भएर भेन्टिलेटरमा रहेको र रकम अभावले उपचारमा समस्या भईरहेको समाचार प्राप्त भएकाे छ ।

वीरगञ्जको नेश्नल मेडिकल क्लेजमा उपचारको क्रममा रहेकी ६८ वर्षिया समाजिक अभियन्ता बिन्दुदेवी धिमिरे थला पर्नु भएको छ । सुमार्ग सामाजिक संस्था काठमाण्डौको आयोजनमा बिभिन्न स्वास्थ्य शिबिरको आयोजन गरी धेरैलाई स्वस्थ्य बनाएकी बिन्दुको दुबै मृगौला बिग्रीएको छ । मृगौला दिन चाहेकी उनकी छोरी प्रतिभा कोईराला रकम अभावले प्रत्यारोपनमा समस्या भएको बताएकी छन् ।

आफु संग भएको सम्पत्ति आमाको उपचारमा लगाएको र अन्तिम सास सम्म आमाको सेवा रहने मन भए पनि हाल अवस्था निकै नाजुक भएको कोईरालाको भनाई छ ।

उनले संचारर्मीहरुसंग कुरा गर्दै भनिन “आमा करिब डेढ दसक अगाडि सम्म स्वस्थ्य हुँदा बिभिन्न समामाजिक अभियानहुरु संचालन गर्नु भयाे । आमा बचाउ अभियान, बाल बालिका उद्धार अभियान, आखाँ शिबिर, दन्त उपचार शिबिर, सरसफाई अभियान लगायत अन्य थुप्रै अभियानमा सक्रिय भएर वँहाको भुमिका थियो ।”

तर हाल आएर आमा आफै बिरामी परेको र उपचार अभावमा ज्यान बचाउन नसक्दा अत्यन्तै पिडा भएको उनले वताइन ।

आमाको उपचारमा वीरगञ्ज लगायत सबै ठाउँबाट सहयोग गरिदिनु हुन मंगलबार वीरगञ्जको प्रिष्टन क्लेजमा संचारकर्मीहरु संग अपिल गर्नु हुदै उनले आमाको नेपाल बैकको लिमिटेड श्रीपुर वीरगञ्जमा रहेको खाता नं. ०४९१०२०६६१६६८३०००००१ मा ईच्छुक परोपकारी मन भएका दाताहरुले रकम जम्मा गराई दिनु हुन अनुरोध समेत गरिन ।

संचारकर्मीहरुसंगै उनकाे स्वास्थ्य अवस्था बुझ्न सामाजिक अभियन्ता प्रकाश थारु, क्लेजका संचालक ईन्जिनियर बिनोद यादव, पब्लिक एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंह पनि पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...