Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

दिव्य यूवा क्लवद्वारा गरिब र दलित छात्राहरुलाई छात्रावृत्ति वितरण

spot_img
spot_img

वीरगंज । दिव्य यूवा क्लवले पर्साकाे पटेर्वा सुगौली गाउँपालीका वडा न. ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौलीमा दलित, गरीव तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गरेको छ ।  

एक्सन एड नेपाल तथा दिब्य युवा क्लब पर्साकोे साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्र अन्तरगत  दलित समुदायलाई केन्द्रीत गरी छात्रवृत्ति वितरण गरिएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले वताए ।

छात्रावृत्तिमा हरेक वडाका ४/४ जना गरी २० जनालाई रु. दश हजारका दरले छात्रावृत्ति प्रदान गरिएको उनले जानकारी दिए । सो छात्रावृत्ति सहयोगको लागि छात्राहरुको छनौटको लागि सूचना प्रकाशन गरि ७६ वटा निबेदन दर्ता भएको थियो । त्यस मध्ये दलित १२ जना र अन्य गरीव ८ जनालाई एस.सी.ई‍्.काे अंकको आधारमा, सम्बन्धित वडाको सिफारिस तथा अध्यनरत विद्यालयको सिफारिसको आधारमा छनौट गरिएको थियो ।

पढाईमा अब्बल हुँदाहुँदै पनि परिवारको आर्थिक अवस्थाका कारण कतिपय छात्राहरुले आफ्नो अध्ययनलाई बीचमा नै छोड्न पर्ने बाध्यता अहिले पनि धेरै समुदायमा देखिने गरेको छ । हुन त विद्यालयहरुमा पनि छात्रावृत्तिको कार्यक्रमहरु रहेका हुन्छन तर उच्च शिक्षाको लागि त्यस्ता छात्रावृत्ति पाउने दलित, गरीव तथा लक्षित समुदायका बालबालिका निकै कम रहेका देखिन्छन् ।

छात्रावृत्ति वितरण गर्नुको उद्देश्य स्थानीय गरीव, दलित समुदायबाट आफ्नो अध्ययनलाई निरन्तरता दिने ईच्छा भएका जेहेन्दार विद्याथीहरुलाई अध्ययनमा बाधा नपुगोस् र उनीहरुले शैक्षिक रुपमा सक्षम भई परिवारको आर्थिक समस्यामा सहयोग गर्न सकुन् भन्ने रहेकाे निर्देशक कुर्मीले जनाए ।

यस्ता कार्यक्रमहरुले अन्य विपन्न तथा दलित छात्राहरुलाई हौसला समेत प्रदान गर्ने विश्वास रहेको कुर्मीले बताए ।

छात्रावृत्ति वितरण कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह, दिब्य युवा क्लबका सुनिल कुमार भारती, छात्राहरुको अभिभावक लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...