Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

दिव्य यूवा क्लवद्वारा गरिब र दलित छात्राहरुलाई छात्रावृत्ति वितरण

spot_img
spot_img

वीरगंज । दिव्य यूवा क्लवले पर्साकाे पटेर्वा सुगौली गाउँपालीका वडा न. ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौलीमा दलित, गरीव तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गरेको छ ।  

एक्सन एड नेपाल तथा दिब्य युवा क्लब पर्साकोे साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्र अन्तरगत  दलित समुदायलाई केन्द्रीत गरी छात्रवृत्ति वितरण गरिएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले वताए ।

छात्रावृत्तिमा हरेक वडाका ४/४ जना गरी २० जनालाई रु. दश हजारका दरले छात्रावृत्ति प्रदान गरिएको उनले जानकारी दिए । सो छात्रावृत्ति सहयोगको लागि छात्राहरुको छनौटको लागि सूचना प्रकाशन गरि ७६ वटा निबेदन दर्ता भएको थियो । त्यस मध्ये दलित १२ जना र अन्य गरीव ८ जनालाई एस.सी.ई‍्.काे अंकको आधारमा, सम्बन्धित वडाको सिफारिस तथा अध्यनरत विद्यालयको सिफारिसको आधारमा छनौट गरिएको थियो ।

पढाईमा अब्बल हुँदाहुँदै पनि परिवारको आर्थिक अवस्थाका कारण कतिपय छात्राहरुले आफ्नो अध्ययनलाई बीचमा नै छोड्न पर्ने बाध्यता अहिले पनि धेरै समुदायमा देखिने गरेको छ । हुन त विद्यालयहरुमा पनि छात्रावृत्तिको कार्यक्रमहरु रहेका हुन्छन तर उच्च शिक्षाको लागि त्यस्ता छात्रावृत्ति पाउने दलित, गरीव तथा लक्षित समुदायका बालबालिका निकै कम रहेका देखिन्छन् ।

छात्रावृत्ति वितरण गर्नुको उद्देश्य स्थानीय गरीव, दलित समुदायबाट आफ्नो अध्ययनलाई निरन्तरता दिने ईच्छा भएका जेहेन्दार विद्याथीहरुलाई अध्ययनमा बाधा नपुगोस् र उनीहरुले शैक्षिक रुपमा सक्षम भई परिवारको आर्थिक समस्यामा सहयोग गर्न सकुन् भन्ने रहेकाे निर्देशक कुर्मीले जनाए ।

यस्ता कार्यक्रमहरुले अन्य विपन्न तथा दलित छात्राहरुलाई हौसला समेत प्रदान गर्ने विश्वास रहेको कुर्मीले बताए ।

छात्रावृत्ति वितरण कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह, दिब्य युवा क्लबका सुनिल कुमार भारती, छात्राहरुको अभिभावक लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...