Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026
Home Blog Page 757

मसल मोन्टर ट्रेनर क्लबको उद्घाटन

0

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रानीघटमा मंगलबार एक कार्यक्रमका बिच मसल मोन्टर ट्रेनर क्लबको उद्घाटन गरिएकाे छ । क्लबकाे कार्यक्रमका प्रमुख अतिथी समाज सेवी तथा अधिवक्ता सुन्दर कुर्मीले गरेका थिए ।

क्लबकाे उद्घाटन गर्दै कुर्मीले जिम क्लबको माध्यमले यस भेगका युवाहरु दैनिक शारीरिक ब्यामको माध्यमले आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्नेमा आफू विश्वस्त रहेको बताए । साथै अधिवक्ता कुर्मीले क्लबले आउने दिनहरुमा अझ धेरै राम्रा कामहरु गरेर अगाडि बढ्ने शुभकामना दिए ।

कार्यक्रमका विशिष्ट अतिथि अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अध्यक्ष कविराज पटेलले शुभकामना दिदै आउने दिनहरुमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

क्लबका अध्यक्ष शंकर पटेलको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा क्लबका सदस्यहरुमा रोशन पटेल, रामानन्द पटेल, अमिका राउत, जगनाथ राउत कुर्मी, पुरन पटेल लगायतको सहभागिता रहेको थियो ।

प्रदेश २ मा गाँजा फडानी तथा बरामद अभियान

0

वीरगंज । सशस्त्र प्रहरीले प्रदेश नं. २ मा गाँजा फडानी तथा बरामद अभियान सुरु गरेकाे छ ।

अभियान अन्तर्गत महाेत्तरी जिल्लाकाे एकडाँरा गाउँपालिका वडा नं.  ५ गोनाहा बथनाहा र साेही गाउँपालिकाकाे वडा नं. ३ अजम्वरपट्टी, महोत्तरी गाउँपालिकाकाे वडा नं. ४ रानिरतुवाका बिभिन्ना स्थानमा ८ बिगाहको क्षेत्र भित्र लगाएको गाँजा फडानी गरिएकाे शस्त्र प्रहरी प्रदेश नं. २ का डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

 सशस्त्र प्रहरी छिन्नानमस्ता बाहिनीका बाहिनी पति, नं.९ गणको सशस्त्र प्रहरी उपरिक्षक, नेपाल प्रहरीकाे प्रहरी उपरिक्षकसहितको सशस्त्र प्रहरीको ४५ जना र नेपाल प्रहरीकाे ३० जनाको संयुकत टोलिले गाँजा फडानी तथा बरामद कार्य शुरु गरी नष्ट गरेको हाे ।

आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिई कार्य गरिने डिआइजी मगरले वताए ।

यस्तै, सर्लाही जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं. १४ कामिटारमा ३ बिगाह क्षेत्र भित्र लगाएको गाँजा फडानी गरेकाे छ ।

सशस्त्र प्ररहीकाे १० नम्बर गणबाट ससशस्त्र प्रहरी नायब उपरिक्षक दिपेन्द्र थापा नेतृत्वकाे ४० जना सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरिक्षक सुरेश ठाकुर नेतृत्वकाे २४ जनाको संयुक्त टोलिले गाँजा फडानी तथा बरामद कार्य शुरु गरी नष्ट गरेको हाे ।

यस्तै, सशस्त्र प्रहरी २ नम्बर बाहिनी बर्दिबासले महोत्तरी जिल्लाकाे जलेश्वर नगरपालिकाका वडा ७ ‌अंकार टोलबाट अवैध लागु औषध गाँजा बरामद गरेकाे छ ।

स्थानिय सागर दाशको घरमा अबैध लागु ‍औषध गाँजा लुकाइ राखेको भन्ने बिशेष सूचनाको आधारमा नं.२ बाहिनी बर्दिबासबाट स.प्र.ब.ह.मन्तोष सिंहको कमाण्डमा खटीएको ४ जनाको टोली,बि.ओ.पि.जलेश्वरबाट स.प्र.नि.बिर्ख बहादुर शाही र थप मद्धतको लगी नं.९ गण महोत्तरीका गणपति स.प्र.उ.सुरेश सापकोटाको कमाण्डमा खटीएको १५ जना गरी जम्मा २० जनको संयुक्त टोलीले १४.५ के.जि.का दरले तीन पोका गरी जम्मा ४३.५ के.जि.अबैध लागु औषध गाँजा बरामद गरेकाे हाे ।

 उक्त बरामद गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ।

पर्सामा जारी जनगणनाकाे अनुगमन

0

वीरगंज । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पर्सामा जारी जनगणनाकाे मंगलबार जिल्ला जनगणना कार्यालय पर्साकाे एक टाेलीले अनुगमन गरेकाे छ ।

जिल्ला जनगणना अधिकारी केशव ज्ञवाली नेतृत्वकाे टाेलीले कालिकामाई गाउँपालिका र धाेबिनी गाउँपालिकाकाे विभिन्न वडामा जारी गणना कार्यकाे अनगुमन गरेकाे हाे । अनुमन टाेलीले कालिकामाई गाउँपालिकाकाे वडा नं. १, २, ४ र ५ मा जारी गणना कार्यककाे अनुगमन गरेकाे स्थानिय जनगणना अधिकारी उमेश सहनीले जानकारी दिए ।

अनुगमनकाे क्रममा दाेस्राे चरणकाे जनगणना अन्तर्गत मुल गणनाकाे लागि खटिएका गणकहरुले भरेकाे फाराम चेकजांज गर्नुकाे साथै देखिएकाे कमिकमजाेरी बारे जानकारी गराइएकाे अधिकारी सहनीले वताए ।

अनुगमन टाेली प्रत्येक वडामा खटिएकाे गणकहरुकाे एक ठाउँमा भेला गराएर उनीहरुले भरेकाे प्रश्नावली फारम चेकजांच गरेकाे थियाे । साे क्रममा देखिएकाे गलती सच्याउन निर्देश दिइएकाे अनुगमन टाेलीले जनाएकाे छ ।

साे अनुगमन टाेलीमा जिल्ला जनगणना कार्यालय पर्साका सहायक कर्मचारी अमित खड्का, नितेश साह,  साेमलाल श्रेष्ठ सहभागिता रहेकाे थियाे ।

“मेराे गणना, मेराे सहभागिता” नाराका साथ जारी राष्ट्रिय जनगणनाकाे लागि पर्सामा ५५६ जना गणक खटिएका छन् भने उनीहरुकाे सुपरिवेक्षणकाे लागि १४२ जना सुपरिवेक्षकहरु खटिएका छन् । कात्तिक २५ गतेदेखी सुरु भएकाे मुल गणना कार्य मंसिर ९ गते सक्ने छ ।

छठमा हिन्दुमाथि भएकाे आक्रमणकाे विरुद्ध वीरगंजमा प्रदर्शन

0

वीरगंज । छठ पुजामा मुस्लिम समुदायद्वारा हिन्दुमाथी गरिएको आक्रमणको विरोधमा हिन्दु समाज पर्सासहित विभिन्न हिन्दुवादी संगठनहरुले वीरगन्जमा बिशाल विरोध जुलुस प्रदर्शन गरेका छन् ।

धनुषा, बारासहित विभिन्न जिल्लामा मुस्लिमहरुद्वारा हिन्दुहरुको आस्थाको केन्द्र एवं प्रमुख चाड छठ पर्वमा हस्तक्षेप गरी हिन्दुमाथि गरिएको आक्रमण विरुद्ध हिन्दुवादी संगठनहरुले विराेध जुलुश प्रदर्शन गर्दै विरोध जनाएका हुन ।

हिन्दु समाज पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालयस्थित लालबांगलाबाट निकालिएको विरोध जुलुसमा विभिन्न हिन्दुवादी संगठन तथा हिन्दु युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विरोध जुलुस वीरगन्जको घण्टाघर, माईस्थान, आर्दशनगर, छपकैया हुँदै वीरगंज बजार परिक्रममा पश्चात पुन: घण्टाघर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध जुलुसमा सहभागिहरुले मुख्यमन्त्री लालबाबु राउत गद्दीले राजिनामा दिउ, हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमलाई कडा भन्दा कडा कारवाही गर, ईस्लामिक आतकवाद मुर्दावाद, नेपाललाई हिन्दु राष्ट्र कायम गर, दाेषी उपर कारवाही गर, जय श्रीराम लगायतको नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमहरुलाई यथाशिघ्र पक्राउ गरी कडा कारवाही गर्न माँग गरे ।

हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले मुस्लिम आयोग र प्रदेश २ का मुख्यमन्त्रीको मिलोमतोमा हिन्दुहरुको मनोबल खसाउँने काम भईरहेको आरोप लगाए । उनले भने, “समय मै हिन्दु सचेत भएन भने, जनकपुर र बारामा होईन पर्सामा पनि हिन्दुमाथि आक्रमण हुने निश्चित छ ।”

धर्मनिरपेक्ष भएदेखि नै हिन्दुको आस्थासंग खेलावाड गर्ने काम भईरहेको वताउँदै अध्यक्ष पटेलले भने, “आजको ¥यालीलाई समेत असफल बनाउँन केहि पार्टीका नेताहरु आफनो कार्यकर्तामा ह्वीप जारी समेत गरेका थिए ।”

विभिन्न पार्टीमा लागेका हिन्दु नेताहरुले गर्दा नै मुलुकमा धर्मनिरक्षेपता ल्याईएको बताउँदै अध्यक्ष पटेलले उनीहरुले गर्दा नै अहिले हिन्दुमाथि गैर हिन्दुहरुले आक्रमण गरीरहेका आरोप लगाए । हिन्दुत्वलाई संरक्षित गर्न एक मात्र विकल्प हो, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने पर्छ । हिन्दु राष्ट्र घोषणा गराउँन सम्पूर्ण हिन्दुसमाज एकजुट भएर सडक आन्दोलन गर्नु पर्ने बताए ।

विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष ओमप्रकाश साहले प्रदेश २ का मुख्यमन्त्रीले नै हिन्दुमाथि आक्रमण गराएको आरोप लगाउँदै उनको राजिनामाको माँग गरे ।

अर्का बक्ता हिन्दुवादी एवं नेपाली काँग्रेसका जिल्ला सदस्य धर्मेन्द्र पटेलले पनि हिन्दुमाथि आक्रमण गर्नेलाई कुनैपनि हालतमा जोड्न नहुने चेतावनी दिए । उनले हाम्रो समाजका एकजना माथि आक्रमण हुदाँ हामी पाँचजना माथि आक्रमण गर्नुपर्छ अनि मात्र उनीहरु सुध्रिन्ने बताए ।

नेपाल विश्व हिन्दु महासंघका सचिव अभिषेक तिवारीले पनि नेपालका हिन्दु संगठित हुनुपर्नेमा जोड दिए । उनले हिन्दु संगठित भएन भने हामी सरनार्थी हुन्छौ । मुस्लिम आयोग र मुख्यमन्त्रीको गतिविधि राम्रो छैन, उनले भने, नेपालमा अवैध रुपमा भित्रियाईएका मुस्लिमहरु संगठित भएर हिन्दुमाथि आक्रमण गरीरहेका छन र यिनिहरुको संरक्षण मुस्लिम आयोग र मुख्यमन्त्रीले नै गरीरहेको छ । आफनो धर्म संस्कृति बचाउँन र नेपाललाई ईसाईकरण र मुस्लिमिकरणबाट जोगाउँन हिन्दुहरु संगठित भएर नेपाललाई पुन: हिन्दुराष्ट्र घोषणा गराउँनु पर्छ । नेपाललाई हिन्दु राष्ट्र बनाएनौ भने, आउँने सन्तति यसको परिणाम चुकाउँने छ । अहिले पनि समय वितेको छैन, हामी सम्पूर्ण हिन्दु मिलेर नेपाललाई हिन्दुराष्ट्र बनाउँनु पर्छ उनले भने ।

कार्यक्रममा बाबा बंजरंगीले पनि बारा र जनकपुरमा हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकताका मुस्लिमलाई कडा कारवाही गर्न माग गरे । उनले भने, अहिले हिन्दु युवा सडकमा आएको छ, जुनदिन साधुसन्त समाज सडकमा उत्रिन्छ त्यो दिन हिन्दुमाथि आक्रमण गर्नेलाई कसैले पनि बचाउँन नसक्ने चेतावनी समेत दिए ।

KGF स्टार को प्रेरणादायक कथा

0
यशले KGF सँग पान-भारत स्टारडम हासिल गरे। उसले यसलाई केजीएफ २ को सिक्वेलबाट पार्कबाट बाहिर निकाल्ने  आशा राख्छ। तर केजीएफ स्टारका लागि जीवन सधैं त्यति धेरै मिल्ने थिएन। 

16 वर्षको उमेरमा, खल्तीमा 300 रुपैयाँ लिएर, यश कन्नड सिनेमामा सुपरस्टार बन्ने आशामा बेंगलुरुको लागि बस चढे। लगभग दुई दशक पछि, उहाँ KGF 2 को अनुहार हुनुहुन्छ, भारतीय सिनेमाको सबैभन्दा प्रतिक्षित परियोजनाहरू मध्ये एक।

यशका बुबा आरटीसी बस चालक थिए र उनकी आमा गृहिणी थिन्। कमजोर आर्थिक सीमितताका बाबजुद यशले आफ्नो सपना कहिल्यै छोडेनन्। उल्लेखनीय रूपमा, यश देश भरमा यति ठूलो स्टारडम प्राप्त गर्ने पहिलो कन्नड स्टार हुन्। उनले KGF सँग एक प्रकारको सनसनी सिर्जना गरे र अब पछाडि फर्केर हेर्नु पर्दैन।

यशको कडा परिश्रम र दृढ संकल्प जति प्राप्त गर्न सकिन्छ उत्तिकै प्रेरणादायी छ र अझ धेरै कुरा आउन बाँकी छ। KGF 2 को लागि, यो फिल्म अर्को वर्ष अप्रिल 14 मा सिल्वर स्क्रिनमा हिट हुनेछ। फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

जय भीम विवाद: वन्नियार संगमले सुरियालाई नोटिस पठायो, ५ करोड क्षतिपूर्ति माग

0
भन्नियार संगमले सोमबार अभिनेता सुरिया, निर्देशक टीजे ज्ञानवेल र अमेजन इन्डियालाई कानुनी नोटिस जारी गरी बिना सर्त माफी माग्न र फिल्म 'जय भीम'बाट भन्नियार समुदायलाई "अपमानजनक" भनिने दृश्यहरू हटाउन र 5 करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ। सात दिन भित्र क्षतिपूर्ति।

वान्नियार संगमका अध्यक्ष अरुल मोजीको तर्फबाट पट्टली मक्कल काच्चीका प्रवक्ता र वकिल के बालुले एक सूचना जारी गरी भर्खरै अमेजन प्राइम भिडियो रिलिजमा भन्नियार समुदायलाई कमजोर प्रकाशमा देखाउने दृश्यहरू रहेको दाबी गरे। जय भीम', जसमा सूर्या अभिनीत र सह-निर्माता थिए।

जय भीम एउटा चलचित्र हो जसले इरुलर जनजातिका सदस्यहरूलाई हिरासतमा यातना भोग्नुपरेको थियो र कसरी न्यायमूर्ति चन्द्रु, जसको भूमिका सुरियाले खेलेका थिए, उनीहरूका लागि कानुनी लडाइँ लडे र जितेका थिए भन्ने कुराको कुरा गर्छ।


यो पनि पढ्नुहोस् |नाम-राजनीतिले जय भीमको सन्देशलाई कमजोर बनाउनेछ, रामदासको 'वन्नियारको अपमान' दावीलाई अभिनेता सुर्याले दिए जवाफ
सूचनामा भनिएको छ कि चालक दलले धेरैजसो पात्रहरूको वास्तविक नामहरू जस्तै राजकन्नु, अधिवक्ता चन्द्रु, प्रहरी अधिकारी पेर्मलसामीलाई कायम राख्न सफल भएको थियो तर जानाजानी हिरासतमा पीडितलाई यातना दिने सब इन्स्पेक्टर (एसआई) को नाम परिवर्तन गरेको थियो।

वन्नियार समुदायलाई बदनाम गर्न एसआईको पछाडिको क्यालेन्डरमा भन्नियार संगमको प्रतीक ‘अग्नि गुण्डम’ (रेगिङ फायर) चलचित्रको एउटा दृश्यमा देखाइएको अधिवक्ताले बताए ।

यसबाहेक, यो भनिएको छ कि चलचित्रमा केसको मुख्य दोषी एसआईलाई 'गुरुमूर्ति' नाम दिइएको छ र उहाँलाई 'गुरु' भनिएको छ, जसले मानिसहरूलाई दिवंगत पीएमके नेता जे गुरुको सम्झना गराउँदछ।

राय | राजेश राजामणि लेख्छन्: ज्ञानवेलले आफ्नो फिल्मको नाम 'जय भीम' राख्नु किन सही थियो?
“तपाईले उक्त दुष्ट व्यक्तिलाई गल्ती गर्ने व्यक्तिलाई भ्यानियार समुदायको हो भनी प्रक्षेपण गर्नुभएको छ, जसले भन्नियार समुदायका सदस्यहरू गलत र गैरकानूनी काम गर्ने प्रकोपमा छन् भने वास्तविक जीवनमा उक्त उपनिरीक्षक वन्नियारको होइन। समुदाय," सूचना पढियो।

साथै, वन्नियार समुदाय र यसका जनता विरुद्ध झूटो, दुर्भावनापूर्ण र अपमानजनक टिप्पणी गर्न वा प्रकाशन नगर्न सम्वाददाताहरूलाई सूचनामा आग्रह गरिएको छ।

केही दिनअघि पूर्व केन्द्रीय मन्त्री तथा पीएमके नेता अन्बुमणि रामदासले अभिनेता सुरियालाई पत्र लेखेर फिल्मबारे प्रश्न गरेका थिए ।

पर्सामा विस्थापित भएको गाँजा खेती पुनः शुरु

0

वीरगंज । पर्सा जिल्लाबाट विस्थापित भएको खाँजा खेती पुनः फस्टाउन थालेको छ । यस वर्षदेखि विस्तारै पर्सा जिल्लाको ग्रामीण भेगको विभिन्न ठाउँहरुमा पुनः गाँजा खेती देख्न थालिएकाे हाे ।

अवैध लागू औषध गाँजाको अत्याधिक खेती हुने भनेर बदनाम पर्सा जिल्लाका तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठको पालामा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा खेतीलाई फडानी गरेर विस्थापित गरिएको थियो । तर, पछिल्लो समय विस्तारै पर्सामा पुनः गाँजा खेती फस्टाउन थालेको हो ।

एघार बिघाको गाँजा खेती फडानी

यसै बिच प्रहरीले ठोरी गाउँपालिकाकाे वडा नं.३ र ४ स्थित ११ बिघामा लागाइएकाे गाँजा खेती नष्ट गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको कमाण्डमा खटी गएको टोलीले ठोरीमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्ट गरेकाे हाे ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

सूर्ती खेतीसँगै गाँजा खेती

ठोरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ नम्बर विजयबस्ती, घ्याङडाँडा, फायरलाइन लगायतका क्षेत्रमा सूर्ती खेती कै बीचमै गाँजाखेती गरिएको पाइएको छ । गाँजाखेती गरिएको क्षेत्रहरु भारतीय सीमासँग जोडिएको र सूर्तीका ठूलठूला पातहरु भएको कारण सजिलै गाँजा देख्न नसकिने भएकोले सूर्ती खेतीसँगै गाँजाखेती पनि गर्ने गरिएको छ ।

पर्साको ठोरी गाउँपालिका विभिन्न वडामा गाँजा खेती गरेपनि ईलाका प्रहरी कार्यालय ठोरी मौन हुनुको कारण स्थानीयले नजराना बुझेकाे आराेप समेत लगाउने गरेका छन् । ठोरी लगायत पर्साको विभिन्न  पालिकाकाे जङ्गल क्षेत्रमा गाँजाखेती गरिएको वताइन्छ ।

एक महिनाकाे आन्दाेलनपछि तिलावे पुलकाे निर्माण कार्य सुरु

0

वीरगंज । पर्सा जिल्लाको ग्रामिण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने एक मात्र सडकमा रहेको तिलावे खाेलाको पुल निर्माण कार्य सुरु भएको छ । ठेकेदारको लापरवाहीका कारण विगत ७ महिनादेखि अलपत्र परेको पुल निर्माण कार्य सुरु भएकाे हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका प्रमुख इन्जिनियर दरोगा साहले जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको ठेकेदारसहितको सर्वपक्षिय बैठकमा विगत ७ महिनादेखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य यथासिघ्र सुचारु गर्ने सहमति भएकाे थियाे । साेही सहमती अनुसार पुल निर्माण कार्य सुरु भएकाे हाे ।

पुल निर्माणकाे लागि पर्सेली युवाहरुकाे एक समुहले विगत एक महिनादेखी आन्दाेलित छन् । पुल निर्माण नहुँदा पुरानाे सांघुराे पुलमा दिनहु ट्राफिक जाम लाग्ने गरेकाे छ । त्यस कारण पर्सेली जनताहरुलाई सास्ती हुने गरेकाे छ । 

बैठकमा रोकिएको पुलको निर्माण कार्य मंगलवार विहानदेखि सुचारु गर्ने र चैत मसान्तभित्र निर्माण कार्य सक्ने सहमति भएको थियाे । बैठकले सर्वपक्षिय टोलीले पुल निर्माण कार्यको समय समयमा अनुगमन गर्ने सहमति पनि गरेको छ ।

यस्तै, पुल छेउमा मंगलबार बिहान ८ बजेदेखि डाइभर्सन निर्माणको काम पनि सुरु गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । तिलावे नदीमा अहिले रहेको पुरानो साँघुरो फलामे पुलमा हरेक दिन बिहान र साँझ लाग्दै आएको ट्राफिक जामको समस्या हटाउन त्यसको व्यवस्थापन नेपाल प्रहरी र ट्राफिक प्रहरीले गर्ने सहमति पनि भएको पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार भएको बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका प्रमुख इन्जिनियर दरोगा साह, पुल निर्माणको ठेक्का लिएको पप्पु लूम्बीनी जेभि कन्ट्रक्सनका सञ्चालक, विभिन्न पालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख लगायतको सहभागीता रहेको थियो । 

३ बर्षमा बन्नु पर्ने पुल ६ बर्षमा बनेन

वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा पर्ने तिलावे नदीमा ३ वर्ष भित्रै बन्नु पर्ने पुल अहिले ६ वर्ष बितसक्दा पनि बन्न नसक्दा पर्सा जिल्लावासीले सास्ती खेप्दै आएका छन् । पुलमा हरेक दिन बिहान र साँझ घण्टौ सम्म ट्राफिक जाम लाग्ने गरेको छ।

त्यहि कारण पर्साका सचेत युवाहरुको सकृयतामा गठित तिलावे पुल निर्माण दबाब समु्हले विगत १ महिनादेखि तिलावे पुलको निर्माण कार्य सुचारुको माग गर्दै दबाब मुलक आन्दोलन गर्दै आएको थियो ।

युवाहरुको दवाव मुलक आन्दोलनका कारण सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षिय बैठकले अलपत्र रहेको पुलको निर्माण कार्य सुचारु गर्ने निर्णय गरेको हो । 

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउने गरी तिलावे खोला पुलको ठेक्का सकार गरेको थियो । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर ठेकेदार कम्पनिले पटकपटक म्याद थप गराउँदै आएको थियो । पछिल्लो पटक थपिएको ठेक्काको म्याद पनि गत भदौ ६ मा सकिसकेको छ । 

विगत ७ महिना यतादेखि पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनि पनि सम्पर्कमा थिएन । त्यसपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले ठेक्का सम्झौता नै तोड्ने गरी ७ दिने सूचना पनि निकालेको थियो । 

सूचनामा ठेकेदार कम्पनीलाई ७ दिन भित्र (असोज २१ गते भित्र) चित्तबुझ्दो जवाफ दिन निर्देशन दिँदै अन्यथा कारवाही अघि बढाइने जनाइए पनि ठेकेदार कम्पनि कार्यालयमा हाजीर भएन । पर्साका युवाहरुले विगत एक महिना देखि पुल निर्माण स्थलमै पुल निर्माणको माग गर्दै दबाबमुलक आन्दोलन गर्दै आएका थिए । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका प्रमुख साहले ठेकेदारको आग्रहमा पुल निर्माणको अवधी अन्तिम पटक चैत मसान्तसम्मका लागि थप गर्ने प्रकृया अगाडि बढाइसकाे समेत जानकारी गराएका छन् ।

आलमको महाधिवेशन प्रतिनिधि खारेजीको माग गर्दै उजुरी

0

कलैया । नेकपा एमालेको दशौँ महाधिवेशन प्रतिनिधि छनौटमा व्यक्तिवादी हाबि हुँदै मापदण्ड नपुगेकालाई प्रतिनिधि बनाईएको आरोप लागेपछि प्रतिनिधि छनौट समिति बारामा उजुरी परेको छ ।

नेकपा एमाले बारा निर्वाचन क्षेत्र नम्बर ४ छनौट समितिले दशौँ महाधिवेशन प्रतिनिधि छनौटमा पार्टी सदस्यता लिएको दश बर्ष नपुगेका मोबिन आलमलाई प्रतिनिधि चयन गरेपछि समितिमा उजुरी परेको हो । प्रसौनी गाँउपालिका १ निवासी एमाले नेता मनोज साह तेलीले दशौँ महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा योग्यता नपुगेका आलमको प्रतिनिधि चयन खारेजीको माग गरेका छन ।

तेलीले आज एक बिज्ञप्ती जारी गर्दै आलमको पार्टी सदस्यताको मिति २०६९ फागुन २१ रहेकाले अवलोकन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन । नेता तेलीले प्रदेश अध्यक्ष ज्वाला साह, केन्द्रिय सदस्य एवं प्रदेश २ सह ईन्चार्ज अच्युत मैनाली र जिल्ला कमिटि बाराका अध्यक्ष देवनारायण चौधरीलाई पत्राचार गर्दै आलमको प्रतिनिधि चयन खारेजीको माग गरेको बताएका छन ।

गत सोमबार बारा क्षेत्र नम्बर ४ बाट मनोज पौडेल, सोचन यादव, भरत घले, ध्रुब प्रसाद यादव, उमेश कुशवाहा, मोबिन आलम , कमला घिमिरे, सरस्वती चौधरी, सुगन्धी देवि साह, राम नाथ बैठा र लक्ष्मी नेपाली महाधिवेशन प्रतिनिधि छनौट भएका छन ।

आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने एमालेको महाधिवेशनमा देशभरबाट एक हजार नौ सय ९९ प्रतिनिधि छनोट हुँदै छन । जिल्ला कमिटीहरूले गठन गरेको निर्वाचन कमिटीहरूले चुनावी प्रक्रिया सुरु गरे पनि सबै जिल्लामा चुनिने प्रतिनिधिभन्दा धेरै गुणा उम्मेदवारी परेपछि सकभर चुनाव नगराई सर्वसम्मत गराउने केन्द्रीय नीति कार्यान्वयन गर्न नेताहरूलाई सबैतिर कठिन भएको छ ।