Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

मसल मोन्टर ट्रेनर क्लबको उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रानीघटमा मंगलबार एक कार्यक्रमका बिच मसल मोन्टर ट्रेनर क्लबको उद्घाटन गरिएकाे छ । क्लबकाे कार्यक्रमका प्रमुख अतिथी समाज सेवी तथा अधिवक्ता सुन्दर कुर्मीले गरेका थिए ।

क्लबकाे उद्घाटन गर्दै कुर्मीले जिम क्लबको माध्यमले यस भेगका युवाहरु दैनिक शारीरिक ब्यामको माध्यमले आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्नेमा आफू विश्वस्त रहेको बताए । साथै अधिवक्ता कुर्मीले क्लबले आउने दिनहरुमा अझ धेरै राम्रा कामहरु गरेर अगाडि बढ्ने शुभकामना दिए ।

कार्यक्रमका विशिष्ट अतिथि अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अध्यक्ष कविराज पटेलले शुभकामना दिदै आउने दिनहरुमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

क्लबका अध्यक्ष शंकर पटेलको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा क्लबका सदस्यहरुमा रोशन पटेल, रामानन्द पटेल, अमिका राउत, जगनाथ राउत कुर्मी, पुरन पटेल लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...