Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आलमको महाधिवेशन प्रतिनिधि खारेजीको माग गर्दै उजुरी

spot_img
spot_img

कलैया । नेकपा एमालेको दशौँ महाधिवेशन प्रतिनिधि छनौटमा व्यक्तिवादी हाबि हुँदै मापदण्ड नपुगेकालाई प्रतिनिधि बनाईएको आरोप लागेपछि प्रतिनिधि छनौट समिति बारामा उजुरी परेको छ ।

नेकपा एमाले बारा निर्वाचन क्षेत्र नम्बर ४ छनौट समितिले दशौँ महाधिवेशन प्रतिनिधि छनौटमा पार्टी सदस्यता लिएको दश बर्ष नपुगेका मोबिन आलमलाई प्रतिनिधि चयन गरेपछि समितिमा उजुरी परेको हो । प्रसौनी गाँउपालिका १ निवासी एमाले नेता मनोज साह तेलीले दशौँ महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा योग्यता नपुगेका आलमको प्रतिनिधि चयन खारेजीको माग गरेका छन ।

तेलीले आज एक बिज्ञप्ती जारी गर्दै आलमको पार्टी सदस्यताको मिति २०६९ फागुन २१ रहेकाले अवलोकन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन । नेता तेलीले प्रदेश अध्यक्ष ज्वाला साह, केन्द्रिय सदस्य एवं प्रदेश २ सह ईन्चार्ज अच्युत मैनाली र जिल्ला कमिटि बाराका अध्यक्ष देवनारायण चौधरीलाई पत्राचार गर्दै आलमको प्रतिनिधि चयन खारेजीको माग गरेको बताएका छन ।

गत सोमबार बारा क्षेत्र नम्बर ४ बाट मनोज पौडेल, सोचन यादव, भरत घले, ध्रुब प्रसाद यादव, उमेश कुशवाहा, मोबिन आलम , कमला घिमिरे, सरस्वती चौधरी, सुगन्धी देवि साह, राम नाथ बैठा र लक्ष्मी नेपाली महाधिवेशन प्रतिनिधि छनौट भएका छन ।

आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने एमालेको महाधिवेशनमा देशभरबाट एक हजार नौ सय ९९ प्रतिनिधि छनोट हुँदै छन । जिल्ला कमिटीहरूले गठन गरेको निर्वाचन कमिटीहरूले चुनावी प्रक्रिया सुरु गरे पनि सबै जिल्लामा चुनिने प्रतिनिधिभन्दा धेरै गुणा उम्मेदवारी परेपछि सकभर चुनाव नगराई सर्वसम्मत गराउने केन्द्रीय नीति कार्यान्वयन गर्न नेताहरूलाई सबैतिर कठिन भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...