Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

आलमको महाधिवेशन प्रतिनिधि खारेजीको माग गर्दै उजुरी

spot_img
spot_img

कलैया । नेकपा एमालेको दशौँ महाधिवेशन प्रतिनिधि छनौटमा व्यक्तिवादी हाबि हुँदै मापदण्ड नपुगेकालाई प्रतिनिधि बनाईएको आरोप लागेपछि प्रतिनिधि छनौट समिति बारामा उजुरी परेको छ ।

नेकपा एमाले बारा निर्वाचन क्षेत्र नम्बर ४ छनौट समितिले दशौँ महाधिवेशन प्रतिनिधि छनौटमा पार्टी सदस्यता लिएको दश बर्ष नपुगेका मोबिन आलमलाई प्रतिनिधि चयन गरेपछि समितिमा उजुरी परेको हो । प्रसौनी गाँउपालिका १ निवासी एमाले नेता मनोज साह तेलीले दशौँ महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा योग्यता नपुगेका आलमको प्रतिनिधि चयन खारेजीको माग गरेका छन ।

तेलीले आज एक बिज्ञप्ती जारी गर्दै आलमको पार्टी सदस्यताको मिति २०६९ फागुन २१ रहेकाले अवलोकन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन । नेता तेलीले प्रदेश अध्यक्ष ज्वाला साह, केन्द्रिय सदस्य एवं प्रदेश २ सह ईन्चार्ज अच्युत मैनाली र जिल्ला कमिटि बाराका अध्यक्ष देवनारायण चौधरीलाई पत्राचार गर्दै आलमको प्रतिनिधि चयन खारेजीको माग गरेको बताएका छन ।

गत सोमबार बारा क्षेत्र नम्बर ४ बाट मनोज पौडेल, सोचन यादव, भरत घले, ध्रुब प्रसाद यादव, उमेश कुशवाहा, मोबिन आलम , कमला घिमिरे, सरस्वती चौधरी, सुगन्धी देवि साह, राम नाथ बैठा र लक्ष्मी नेपाली महाधिवेशन प्रतिनिधि छनौट भएका छन ।

आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने एमालेको महाधिवेशनमा देशभरबाट एक हजार नौ सय ९९ प्रतिनिधि छनोट हुँदै छन । जिल्ला कमिटीहरूले गठन गरेको निर्वाचन कमिटीहरूले चुनावी प्रक्रिया सुरु गरे पनि सबै जिल्लामा चुनिने प्रतिनिधिभन्दा धेरै गुणा उम्मेदवारी परेपछि सकभर चुनाव नगराई सर्वसम्मत गराउने केन्द्रीय नीति कार्यान्वयन गर्न नेताहरूलाई सबैतिर कठिन भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...