Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पर्सामा विस्थापित भएको गाँजा खेती पुनः शुरु

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाबाट विस्थापित भएको खाँजा खेती पुनः फस्टाउन थालेको छ । यस वर्षदेखि विस्तारै पर्सा जिल्लाको ग्रामीण भेगको विभिन्न ठाउँहरुमा पुनः गाँजा खेती देख्न थालिएकाे हाे ।

अवैध लागू औषध गाँजाको अत्याधिक खेती हुने भनेर बदनाम पर्सा जिल्लाका तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठको पालामा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा खेतीलाई फडानी गरेर विस्थापित गरिएको थियो । तर, पछिल्लो समय विस्तारै पर्सामा पुनः गाँजा खेती फस्टाउन थालेको हो ।

एघार बिघाको गाँजा खेती फडानी

यसै बिच प्रहरीले ठोरी गाउँपालिकाकाे वडा नं.३ र ४ स्थित ११ बिघामा लागाइएकाे गाँजा खेती नष्ट गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको कमाण्डमा खटी गएको टोलीले ठोरीमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्ट गरेकाे हाे ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

सूर्ती खेतीसँगै गाँजा खेती

ठोरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ नम्बर विजयबस्ती, घ्याङडाँडा, फायरलाइन लगायतका क्षेत्रमा सूर्ती खेती कै बीचमै गाँजाखेती गरिएको पाइएको छ । गाँजाखेती गरिएको क्षेत्रहरु भारतीय सीमासँग जोडिएको र सूर्तीका ठूलठूला पातहरु भएको कारण सजिलै गाँजा देख्न नसकिने भएकोले सूर्ती खेतीसँगै गाँजाखेती पनि गर्ने गरिएको छ ।

पर्साको ठोरी गाउँपालिका विभिन्न वडामा गाँजा खेती गरेपनि ईलाका प्रहरी कार्यालय ठोरी मौन हुनुको कारण स्थानीयले नजराना बुझेकाे आराेप समेत लगाउने गरेका छन् । ठोरी लगायत पर्साको विभिन्न  पालिकाकाे जङ्गल क्षेत्रमा गाँजाखेती गरिएको वताइन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...