Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

पर्सामा विस्थापित भएको गाँजा खेती पुनः शुरु

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाबाट विस्थापित भएको खाँजा खेती पुनः फस्टाउन थालेको छ । यस वर्षदेखि विस्तारै पर्सा जिल्लाको ग्रामीण भेगको विभिन्न ठाउँहरुमा पुनः गाँजा खेती देख्न थालिएकाे हाे ।

अवैध लागू औषध गाँजाको अत्याधिक खेती हुने भनेर बदनाम पर्सा जिल्लाका तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठको पालामा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा खेतीलाई फडानी गरेर विस्थापित गरिएको थियो । तर, पछिल्लो समय विस्तारै पर्सामा पुनः गाँजा खेती फस्टाउन थालेको हो ।

एघार बिघाको गाँजा खेती फडानी

यसै बिच प्रहरीले ठोरी गाउँपालिकाकाे वडा नं.३ र ४ स्थित ११ बिघामा लागाइएकाे गाँजा खेती नष्ट गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको कमाण्डमा खटी गएको टोलीले ठोरीमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्ट गरेकाे हाे ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

सूर्ती खेतीसँगै गाँजा खेती

ठोरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ नम्बर विजयबस्ती, घ्याङडाँडा, फायरलाइन लगायतका क्षेत्रमा सूर्ती खेती कै बीचमै गाँजाखेती गरिएको पाइएको छ । गाँजाखेती गरिएको क्षेत्रहरु भारतीय सीमासँग जोडिएको र सूर्तीका ठूलठूला पातहरु भएको कारण सजिलै गाँजा देख्न नसकिने भएकोले सूर्ती खेतीसँगै गाँजाखेती पनि गर्ने गरिएको छ ।

पर्साको ठोरी गाउँपालिका विभिन्न वडामा गाँजा खेती गरेपनि ईलाका प्रहरी कार्यालय ठोरी मौन हुनुको कारण स्थानीयले नजराना बुझेकाे आराेप समेत लगाउने गरेका छन् । ठोरी लगायत पर्साको विभिन्न  पालिकाकाे जङ्गल क्षेत्रमा गाँजाखेती गरिएको वताइन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...